पूर्वमन्त्री बिक्रम पाण्डे रु ४ करोड धरौटी लिएर रिहा |

अपराध

पूर्वमन्त्री बिक्रम पाण्डे रु  ४ करोड धरौटी लिएर रिहा |
माघ २ काठमाडौँ :- पूर्वमन्त्री बिक्रम पाण्डे रु ४ करोड धरौटी लिएर रिहा भएका छन् ।सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डले चार करोड धरौटी बुझाएर आज रिहा भएका हुन् । अख्तियारको फरारको सूचीमा रहेका पाण्डे बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । बुधबार नै अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले रु ४ करोड धरौटी माग्ने निर्णय गरेको हो । पाण्डेले बुधबार रकम नबुझाए पनि ग्लोबल आईएमई बैंक ग्यारेन्टी बसेपछि उनी धरौटीमा छुटेको बताइएको छ । अख्तियारको फरार सूचीमा रहेका उनलाई विशेष अदालतले हाजिर हुन १५ दिनको म्याद जारी गरेको थियो । उनी म्यादभित्रै अदालतमा हाजिर भएका हुन् ।   साभार :-अर्थ संसार

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...