शिक्षकले नै गरे छात्रामाथि बलात्कार बच्चा जन्मेपछि सार्वजनिक

अपराध

शिक्षकले नै गरे छात्रामाथि बलात्कार बच्चा जन्मेपछि सार्वजनिक
२३ भदौ, बैतडी ।  बैतडीका २ शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । किशोरी बलात्कर भएपछि अर्कै ठाउँमा भागेर बिहे गरेको र ६ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो । सिगास गाउँपालिका वडा नं ८ को जनचेतना आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ८ की १७ वर्षीया छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले बलात्कार गरेको आरोप लागेको हो । केशव बोहरा अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत रहेको बुझिएको छ । तीनै जनाले ती किशोरीमाथि पटकपटक बलात्कार गर्दा भागेर बिहे गर्न बाध्य बनाएको किशोरीका आफन्तले आरोप लगाएका छन् । ६ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले बलात्कार गरेको किशोरीले बताएको ती किशोरीका एक आफन्तले जानकारी दिनुुभयो । उहाँले भन्नुभयो– ‘घटना पहिलेको भए पनि गाउँमै मिलाउने भन्दै धेरै प्रयास गरे । अहिले कुरा बाहिर आएको छ अहिले पनि विभिन्न प्रकारका हतकण्डाहरु भइरहेका छन् ।’ मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाईफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानुनी कारबाही हुने उल्लेख छ । कानुनअनुसार त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुने उल्लेख छ । तर बलात्कारको आरोप लागेकाहरुलाई भने अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन् । आरोप लागेकाहरुलाई हालसम्म पनि सोधपुछसमेत नगरेको बताइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...