मंगलसेन नगरपालिका प्रमुखको गाडीमा आगजनी ।

अपराध

मंगलसेन नगरपालिका प्रमुखको गाडीमा आगजनी ।
मे १ अछाम;- अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञाात समुहले आगजनी गरेको छ । नगरपालिकाको बा २ झ ३६९४ नम्बरको जिपमा राती आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक बहादुर शाहीले जानकारी दिए । नगरपालिका परिषरदै राखिएको प्रमुख चढ्ने जिप करिब १ बर्ष अगाडी १ करोड २० लाखमा खरिद गरिएको थियो । डिएसपी शाहीले आगजनी गर्नेहरुको खोजिकार्य जारी रहेको बताउदै गाडी जलेर पुर्ण रुपमा नष्ट भैसक्यो बताउनु भएको छ । मंगलसेन बजारका स्थानीयाले गाडीमा आगजनी भएको जानकारी प्रहरीले गराएपछि आफु स्वंयमा स्थलमा पुगेपछि गाडी लागेको आगो नियन्त्रणमा लिएको बताउनु भयो । घटनाको पुरा जानकरी आउन बाँकी छ ,यसमा को संग्लग्न छन् भन्ने बारे अहिलेसम्म पत्ता नलागेको समेत डिएसपि शाहीले जानकारी दिनु भयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...