बलात्कारको अभियोगमा २ प्रहरी पक्राउ |

अपराध

बलात्कारको अभियोगमा २ प्रहरी पक्राउ |
श्रावन १३ काठमाडौँ :-काठमाडौंको कलंकी स्थित आशीर्वाद गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा सशस्त्र प्रहरी बलका दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उपत्यका सुरक्षा कार्यालय सतंगलमा कार्यरत सशस्त्र प्रहरी जवानद्धय रामसरण पोखरेल र चन्द्रबहादुर पछाई रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार :-नागरिक

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...