पोखरा नदीपुरमा एक युवाको हत्याको आशंका |

अपराध

पोखरा नदीपुरमा एक युवाको हत्याको आशंका |
असोज १६ पोखरा :-पोखरा तथा आसपासका क्षेत्रहरुमा चोरी , हत्या र बलात्कारका घटनाहरुमा अत्याधीक बृद्दी भएको छ | पोखरा महानगरपालिका वडा नं ३ मा एक युवकको हत्या भएको आशंका गरिएको छ । नदिपुरमा बसेर कवाडीका सामान उठाउदै आएका राजकुमारको शरिरभरी चोटनै चोट देखिएकोले हत्या भएको आशंका भएपनि अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । नदिपुरमा रहेको एक टहरोमा राजकुमारको शव फेला परेपछि स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक राजकुमारको शव अहिले पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । उनको घर ठेगाना खुल्न सकेको छैन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...