क्वारेन्टाइनमा लैजाँदै गर्दा पर्वतमा भीरबाट हाम फाले एक युवाक ,युवाकको पोखरा ल्याउदै गर्दा मृत्यु।

स्वास्थ्य

क्वारेन्टाइनमा लैजाँदै गर्दा पर्वतमा भीरबाट हाम फाले एक युवाक ,युवाकको पोखरा ल्याउदै गर्दा मृत्यु।
जुन १५ पोखरा :-भारतबाट फर्कँदै गरेकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा पर्वतमा साेमबार बिहान १ युवाकाे भीरबाट हाम फालेर मृत्य भएकाे छ ।कुश्मा नगरपालिका ८ मा पर्ने चुवाको भीरबाट हाम फालेर गम्भीर घाइते भएका बागलुङ नगरपालिका १३ का ३९ वर्षीय चन्द्रबहादुर नेपालीलाई पाेखरा ल्याउँदै गर्दा मृत्यु भएकाे हाे । सोमबार बिहान पोखरा बागलुङ सडकमा बस रोकेको अवस्थामा भीरबाट हाम फालेका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारका अनुसार सुनौलीबाट उद्धार गरी बागलुङतर्फ जाने क्रममा बस रोकेको मौका पारी भीरबाट हाम फालेका हुन् । लु २ ख ४२२० नम्बरको बसबाट पर्वत, बागलुङ र म्याग्दीका भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा लैजादै गर्ने क्रममा उनले हाम फालेका हुन् ।पर्वतका नागरिकलाई मोदी गाउँपालिकाको डिमुवामा झारेपछि बस बागलुङ र म्याग्दीका मानिसहरु बोकेर आएको थियो । वर्षाका कारण सडक हिलाम्मे भएपछि अगािड जान नसक्ने भनेर बस चालकले इन्कार गरेको मौकामा नेपालीले भने भीरबाट हाम फालेकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...