गोरखामा १० किलो सुन सहीत २ जना पक्राउ |

अपराध

गोरखामा १० किलो सुन सहीत २ जना पक्राउ |
भदौं २४ गोर्खा :-गोरखाको चुमनुव्रीमा १० केजी सुन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चुमनुव्री गाँउपालिका वडा नम्बर ३ सिर्दिवासमा चेकजाँजको क्रममा प्रहरीले १० केजी सुन बरामद गरेको हो । सुन सहित प्रहरीले चुमनुव्री वडा नम्बर ७ बस्ने बर्ष ५८ को नुटुप लामा र सोहि स्थानका बर्ष २८ का लोप्चन तेम्बे लामालाई पक्राउ गरेको छ । प्रहरी चौकी सिर्दिवासको टोलीले नियमित चेकजाँच गर्नेक्रममा उनीहरुको साथबाट सुन बरामद गरिएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरिक्षक सुरज कार्कीले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...