किर्ते कागज बनाई ठगी गर्ने १२ जना पक्राउ |

अपराध

किर्ते कागज बनाई ठगी गर्ने १२ जना पक्राउ |
भदौं २२ काठमाडौँ :-किर्ते कागजात बनाई करीव ७० करोड रुपैयाँ बरबारको ठगी गर्ने १२ जनालाई प्रहरी प्रधान केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरको छ ।पक्राउ पर्नेमा काठमाडौँ चन्द्रागिरी नगरपालिका-८ बस्ने मकवानपुर हेटौडा-४ का ४५ वर्षीय राजन प्रसाद लम्साल, सोही नगरपालिका-१४ बस्ने ४० वर्षीय निरजकुमार मानन्धर, रामेछाप सुनापाती गाउँपालिका–१ बस्ने ३३ वर्षीय जितबहादुर मगर रहेका छन् । उनीहरु मुख्य योजनाकार रहेको खुल्न आएको छ । पक्राउ पर्ने अन्य व्यक्तिहरुमा काठमाडौं पेस्पीकोला बस्ने मोरङ रतुवामाई नगरपालिकाका ४० वर्षीय पुण्यप्रसाद खरेल, काभ्रे चौबास घर भई बुढानिलकण्ठ बस्ने ४० वर्षीय साईला भन्ने राजकुमार तामाङ, चन्द्रागिरी नगरपालिका–१० बस्ने ३१ वर्षीय हिमाल महर्जन, सोही ठाउँ बस्ने ५५ वर्षीय चिरीबाबु महर्जन र बारा निजगढ नगरपालिका–१ घर भई कलंकी बस्ने २८ वर्षीय अमृत थापा मगर रहेका छन् ।साथै प्रहरीले कम्पनी रजिष्टारको कार्यालयका सहायक रजिष्टार नारायण प्रसाद पोखरेल र उमेशमान जोशी तथा सोही कार्यालयमा करारमा कार्यरत २ जना कर्मचारीलाई समेत प्रहरीले पक्राउ गरेको छ । उक्त ठगी कार्यमा संलग्न कम्पनीरजिष्टारको कार्यालयमा कार्यरत अन्य २ जना हाल फरार रहेका छन् । काठमाडौं महनगरपालिका–४ चुनदेवी बस्ने शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिका संचालक एवं अध्यक्ष भारतीय नागरिक राम निरंजन जटियाको नक्कली कागजात बनाएर ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई व्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरुले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिका शेयरधनी, संचालक र कम्पनीको अध्यक्ष जितबहादुर मगर हो भनी कम्पनीको नाममा रहेको काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित ३ रोपनी जग्गा सहितको घर, सतुंगलको १५ रोपनी जग्गा र म्याग्दी एवं नुवाकोट जिल्लामा कम्पनीको नाममा रहेको जग्गा बेचबिखन गर्न बैना गरेका थिए । जटियाको घरमा १६ वर्षदेखि काम गर्दै आएका जितबहादुरले उक्त कम्पनीको कागजात चोरी गरी लम्साल र मानन्धरको मुख्य सहयोगमा कागजात, सहीछाप र हस्ताक्षर किर्ते गरेर सम्पूर्ण शेयरहरू खरिद गरेको भनी कम्पनी रजिष्ट्रारको कार्यालयबाट जितबहादुरको नाममा नामसारी गरेका थिए । उनीहरुलाई बिद्युतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा प्रहरीले अनुसन्धान पश्चात अनुसन्धान प्रतिबेदन जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा पेश गरेको सो व्यूरोले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...