पोखराको लभ्ली डाँडामा २ जोडी झुन्डेको अवस्थामा शव फेला |

अपराध

पोखराको लभ्ली डाँडामा २ जोडी झुन्डेको अवस्थामा शव फेला |
भदौं २६ पोखरा :- पोखराको लभ्ली डाँडा स्थित रुखको एउटै हाँगामा झुण्डिएको अबस्थामा जोडी शव भेटिएको छ । भदौ ११ गतेदेखि परिवारसँग सम्पर्क विहिन भएका जोडीको शव सोमवार लभ्ली डाँडाको रुखमा झुण्डिएको अबस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त जोडी पोखरा बाझापाटनकी १५ बर्षीय शशी नेपाली र स्याङजा पुतलीबजारका २२ बर्षीय मनबहादुर भण्डारीको हो । नेपाली र भण्डारी रुखको एउटै हाँगामा दुई छुट्टा छुटै डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन् । पहिल्यै विवाहित भण्डारीले शशीलाई लिएर हिडेपछि दुबै सम्पर्कविहिन भएका थिए । रुखमा झुण्डिएको दुवै शव सडेको अबस्थामा भेटिएकाले दुई साता अघिनै उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान छ । उनीहरु झुण्डिनुको कारण भने खुलेको छैन । दुवै शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।प्रहरीले थप अनुसन्धान पछि घटनाको रहस्य खुल्ने जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...