मिलन चक्रे समुहका रोशन सुब्बा पक्राउ |

अपराध

मिलन चक्रे समुहका रोशन सुब्बा  पक्राउ |
जुलाई १६ काठमाडौँ :- प्रहरीले गुण्डा नाइके चक्रे मिलन समुहका प्रमुख सहयोग मध्यका एक रोशन सुब्बालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले सुब्बा पेस्तोल र गोली सहित पक्राउ परेको जानकारी दिए । सुब्बालाई ललितपुरको खुमलटारस्थित उनकै कोठाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट दुईवटा पेस्तोलसहित र त्यसका लाग्ने ५६ राउण्ड गोली बरामद जनाइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...