बालिका बलात्कार पछि हत्या सम्बन्धि छानमीन गर्न सी आई बी टोलि कंचनपुर पुगे |

अपराध

बालिका बलात्कार पछि हत्या सम्बन्धि छानमीन गर्न सी आई बी टोलि कंचनपुर पुगे |
श्रावन १४ काठमाडौँ :- कञ्चनपुरको भीमदत्तनगरपालिकामा १३ वर्षीय किशोरीको हत्यासम्बन्धमा छानबीन गर्न केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेको छ ।१३ वर्षीय किशोरीको शव निम्बेखेडास्थित उखुबारीमा फेला परेको थियो । घटनाको चौतर्फी बिरोध भएपछि प्रहरीले तत्काल चासो लिँदै अनुसन्धान टोली पठाएको हो ।व्युरोका डिएसपी अंगुर जिसीको नेतृत्वमा तीन सदस्यीय टोलीले घटनाको बिस्तृत छानबीन गर्ने बताएको छ । गत शुक्रबार भीमदत्त नगरपालिका– २ निवासी १३ वर्षीय निर्मला पन्तको शव भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा फेला परेको थियो । उनलाई बलात्कार गरी हत्या गरिएको भन्दै देशैभरी बिरोध शुरु भएको छ । स्थानीय सरस्वती उच्च माविमा कक्षा ९ मा अध्ययनरत निर्मला बिहीबार ११ बजे भीमदत्त नगरपालिका १८ मा रहेको साथीको घरमा होमवर्क गर्न जाने भन्दै गएकी थिइन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...