संखुवासभामा प्रहरी र विप्लब कार्यकर्ता बीच गोली हानाहान ।

अन्य

संखुवासभामा प्रहरी र विप्लब कार्यकर्ता बीच गोली हानाहान ।
जुलाई १ काठमाडौँ :-संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलाको हेयाङ्लामा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ ।जिल्ला प्रहरी कार्यालयबाट गस्ती गएको टोली र विप्लव समूहबीच सोमबार बिहान गोली हानाहान भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरी टाढा हो । त्यहाँ मोबाइल सम्पर्कसमेत हुन नसकिरहेको उनले बताए ।विप्लव समूहका गतिविधि बढेको जानकारी पाएपछि प्रहरी टोली गस्तीमा गएको थियो ।त्यहाँ झन्डै २५ जनाको संख्यामा विप्लवका कार्यकर्ता थिए । प्रहरीलाई देखेपछि उनीहरूले फायरिङ गरेको दुलालले बताए ।स्रोतका अनुसार सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लकाे नेतृत्वमा २५-२५ जनाकाे बेग्लाबेग्लै टाेली सेनाकाे एमआई १७ हेलिकाेप्टरबाट संखुवासभामा उतारिएको छ। सेनाका हेलिकोप्टरसँगै सदरमुकामबाट सशस्त्र प्रहरीको २० जनाको टोली स्थल गस्तीमा छ । त्यसैगरी प्रहरी निरीक्षकको कमाण्डमा थप १७ जनाको टोली पनि घटनास्थलतर्फ परिचालित भएको छ। ताम्कु र सिसुवाबाट पनि प्रहरीको टोली घटनास्थलतर्फ परिचालित भएको छ । ‘दुबैतर्फ कुनै क्षति भएको विवरण प्राप्त भएको छैन,।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...