पोखराका ग्राहकले कस्तो पानी पिउदैछन् ,खानेपानी सस्थान के गर्दैछन् ?

स्थानीय

पोखराका ग्राहकले कस्तो पानी पिउदैछन् ,खानेपानी सस्थान के गर्दैछन् ?
श्रावण १७ पोखरा :-खानेपानी संस्थान पोखरा शाखाले वितरण गरेको खानेपानी नै खानयोग्य नभएको गुनासो उपभोक्ताले गरेका छन् । संस्थान पोखरा कार्यालय प्रमुख नीरण महर्जनले पानीको मुलै फोहोर हुँदा समस्या आएको स्वीकार्छन् । उनले अघिल्लो वर्षभन्दा २५ गुना बढी धमिलो पानी आएको जानकारी दिए । उनले भने, ‘अघिलो वर्षेको रिभानको पहिरो र मुलमा बस्ती विस्तार लगायत कारण फोहोर पानी आएको छ ।’ पानीलाई प्रशोधन नगरी सिधै घरघरमा पठाउँदा यस्तो समस्या आएको उनले बताए । ‘खानेपानी भन्नेमात्र हो धारामा लेदो आउँने खान हुने आउँदैन , फोहोरपानी आउँदा मिटर बुजिने, टंकीमा फोहोर थुप्रने, ‘पानीमा फोहोर र विषादी आउँने धारामा पानी नआउँदा हावाले पानीको मिटर घुमाएको जस्ता सयौ गुनासो ग्राहकले बारम्बार गरिरहेको भएपनि खानेपानी सस्थानको सुनुवाई हुँदैन |ट्रान्सपरेन्सी इन्टेरनेसनल नेपाल र सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले सोमबार संस्थानको प्रांगणमा सेवाग्राहीका गुनासो संकलन गरेको थियो । ४३ जना सेवाग्राहीले लिखित गुनासो गरेको सुनासका कार्यक्रम अधिकृत भानुभक्त पराजुलीले बताए ।   पानीको महसुल तिर्ने व्यवस्था अनलाइनमार्फत मिलाउनुपर्ने, पानीको स्टोर गरेर पठाउनुपर्ने, वितरण प्रणाली सुधार्नुपर्ने लगायत विषयमा गुनासो तथा सुझाव संस्थानलाई दिएको सुनासका कार्यक्रम अधिकृत पराजुलीले जानकारी दिए । संस्थानले दैनिक ५ करोड ५० ला लिटर पानी अहिले वितरण गरिरहेको महर्जनले बताए । ६ करोड लिटर पानीको माग रहेको उनको भनाइ थियो । ‘हिउँदमा १ करोड लिटर पानी दैनिक अभाव हुन्छ,’ उनले भने, ‘संस्थानले ४० हजार घरमा पानी वितरण गरेको छ ।’मुहानबाट पाइपमा भित्रिएमध्ये ५० प्रतिशत पानी चुहावट र चोरी हुने गरेको पनि महर्जनले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...