पोखरा लेखनाथ महानगर पालिकाको नाम पोखरा मात्रै रहने |

स्थानीय

पोखरा लेखनाथ महानगर पालिकाको नाम पोखरा मात्रै रहने |
जुन २७ फिस्टेल न्युज:-पो खरा लेखनाथ महानगर पालिकाको नाम लामो भएको र लेखनाथ हटाउनुपर्ने आवाज उठेपछि महानगरको नगरसभाले लेखनाथ हटाएको छ ।महानगरको जारी तेस्रो नगरसभाले महानगरको नामवाट लेखनाथ हटाउने प्रश्ताव सर्वसम्मतिले पारित गरेको हो । महानगरका वडा नम्बर १९ का अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका सचेतक शोभामोहन पौडेलले सोमबार नाम फेर्ने प्रस्ताब पेस गरेका थिए भने उनको सो प्रस्तावलाई वडा नम्बर ९ का अध्यक्ष तथा नेपाली कांग्रेसका नेता रामराज लामिछानेले समर्थन गरेका थिए ।नगर सभामा मंगलबार भएको उक्त छलफलमा ४० भन्दा बढि सदस्यहरुले भाग लिई लेखनाथ हटाउनु पर्ने धारणा राखे । नगरसभाले गरेको प्रस्ताव प्रदेश सरकारलाई पठाएपछि प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले सदर गरेपछि मात्रै नाम हेरफेर हुने संवैधानिक प्रावधान छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...