पोखरा लेखनाथ मनपामा कार्यालय समय भित्र फेसबुक चलाउन नपाउने |

स्थानीय

पोखरा लेखनाथ मनपामा कार्यालय समय भित्र फेसबुक चलाउन नपाउने |

अप्रिल २ पोखरा :- पोखरा लेखनाथ महानगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ । कार्यालय समयमा फेसबुकलगायत सामाजिक सञ्जालमा भुलेर सेवा प्रवाहमा समस्या परेको भन्दै महानगरले कर्मचारीलाई फेसबुकमा प्रतिबन्ध लगाएको हो ।

मोबाइल, ल्यापटप र डेस्कपटमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि मेयर मानबहादुर जिसीको निर्देशनमा फेसबुक बन्द गरिएको हो । ‘कार्यालय समयमा काम गर्ने हो, फेसबुक चलाएर बस्ने होइन,’ मेयर जिसीले भने, ‘फेसबुकले सेवा प्रवाहमै समस्या नपारोस् भनेर बन्द गराएका हौं ।’बिहान १० बजेदेखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए ।

उनका अनुसार आइतबारबाट नै समयमा फेसबुक नचल्ने बनाइएको छ । कार्यालय समयमा फेसबुक चलाएको पाइए कर्मचारीलाई कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।व्यक्तिसँग भएको निजी मोबाइल डाटाबाट फेसबुक चल्न सक्ने भएकाले, तोकिएको सयममा कर्मचारीले फेसबुक चलाएको पाइए तत्काल कारबाही गरिने मेयर मानबहादुर जिसीले बताए । इन्टरनेटको राउटरमै फेसबुक ब्लक गरिएको हो ।

स्रोत : अनलाइनखबर

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...