मालपोत र नापी कार्यालय कास्कीमा जग्गा दलाललाई प्रवेश निषेध |

स्थानीय

मालपोत र नापी कार्यालय कास्कीमा जग्गा  दलाललाई प्रवेश निषेध |
जुलाई १७ पोखरा :- बिचौलियालाई मालपोत र नापी कार्यालय कास्की पोखरामा प्रवेशमा रोक लगाइने भएको छ ।साउन १ गते (आज )देखि लागू हुनेगरी त्यस्तो काम नगर्नु र नगराउनु हुन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले प्रेस विज्ञप्ति जारी गरी सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । सचिव मैनालीद्वारा जारी विज्ञप्तिमा गलत कामकाज गर्ने कर्मचारीको लगत राख्ने र शून्य सहनशीलताका आधारमाा कारवाही अघि बढाउन सर्वसाधारणको जानकारीका लागि विज्ञप्ति जारी गर्नुपरेको उल्लेख छ । विज्ञप्तिमा ‘नापी र मालपोत कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनाका साथै सम्बन्धित कार्यालयबाट विद्युतीय सेवामार्फत सेवाग्राहीका काम छिटो छरितो गर्न र गराउनुहुन निर्देशन गरिन्छ, भनिएको छ । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...