पाकिस्तानमा ठुलो बम आक्रमण मर्नेको संख्या २५ पुग्यो |

विदेश

पाकिस्तानमा ठुलो बम आक्रमण मर्नेको संख्या २५ पुग्यो |
मंसिर ६ इस्लामाबाद:- पाकिस्तानमा अर्को ठुलो आक्रमण भएको छ । खैबर पख्तुनख्वा प्रान्तको एउटा मदरसा नजिकै शुक्रबार भएको बम आक्रमणमा परी कम्तिमा पनि २५ जनाको ज्यान गएको छ भने ३५ जना जति घाइते भएको समाचार प्राप्त भएको छ । यो घटना कराचीमा शुक्रबार भएको बन्दुक आक्रमणको लगत्तै भएको हो । यो बम आक्रमण औरकजई जिल्लाको कलाया क्षेत्रको जुमा बजारमा भएको हो । उक्त जिल्लामा आदिवासीहरूको बसोबास रहेको छ । घटनाको जिम्मेवारी हालसम्म कसैले पनि लिएको छैन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यस घटनामा संलग्नहरूलाई चाँडै पत्ता लगाइने बताए । उनले कराची आक्रमणले चीन पाकिस्तान सम्बन्ध कम्जोर नहुने प्रतिक्रिया दिएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...