तमु समाज युएईको दुबई क्षेत्रीय समिति गठन।

विदेश

जुन २३ फिस्टेल न्युज:-युएईमा रहेका तमुहरुको सुख दुखमा साथ दिन र आफ्नो समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, भेषभुषाको संरक्षण, सम्वर्धन र विकासमा प्रवासबाट पनि योगदान दिने उदेश्यले सन् १९९७ मा स्थापित युएई कै दोश्रो पुरानो संस्था तमु समाज युएईले दुबई क्षेत्रीय समिति गठन गरेको छ।२२ जुन २०१८ का दिन फिस्टेल ट्राभलको हल वर दुबई मा सम्पन्न ११ औं महाधिवेशन पश्चात् अध्यक्ष श्रीमती तमुस्योको अध्यक्षतामा बसेको पहिलो बैठकले २०१८ – २०२० को कार्यकालको लागि क्षेत्रीय समिति गठन गरेको छ। उक्त क्षेत्रीय समिती गठन गर्न तमु सम्माज युएइका संरक्षक राजु तमुको संयोजकत्वमा प्रमुख सल्लाहकार डेर राज तमु र सचिव इन्द्र तमु सदस्य सहितको एक निर्वाचन समिति गठन गरिएको थियो l निर्वाचन समितिले राजु तमु को अध्यक्षमा निम्न पदाधिकारीहरु सहितको २४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ | अध्यक्ष :- राजु तमु उपाध्यक्ष :- बिजय तमु उपाध्यक्ष :- इना तमुस्यो सचिव :- अशिका तमुस्यो सह-सचीव :- रमेश तमु कोषाध्यक्ष : - ललिता तमुस्यो सहकोषाध्यक्ष : - अनिता तमुस्यो सदस्यहरु : टीका माया तमुस्यो, राजु तमु , नितु तमुस्यो , शान्ति तमुस्यो, शान्ता तमुस्यो, लक्ष्मी तमुस्यो , शोभा तमुस्यो, मेख तमु , राम तमु, यम तमु, संगिता तमुस्यो ,उषा तमुस्यो , ज्योति तमुस्यो,उरुषा तमुस्यो, सनम तमु ,मिलन तमु ,सुजन तमु चयन हुनु भएको छ ,सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु लाई तमु समाज युएईका संरक्षक राजु तमुले सपथ खुवाएका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...