बलिउड अभिनेत्री ज्याकलिन सवार कार दुर्घटना |

विदेश

बलिउड अभिनेत्री ज्याकलिन सवार कार दुर्घटना |
मे १३ मुम्बई :- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज सवार कार दुर्घटनाग्रस्त भएको छ।ज्याकलिनको कारलाई मुम्बईस्थित बान्द्रामा आइतबार विहान अटोरिक्साले ठक्कर दिएको हो। प्रहरीका अनुसार अटोरिक्साका चालकले मादकपदार्थ सेवन गरेका थिए । ज्याकलिन आइतबार विहान पौने ३ बजे सलमान खानको निवास आयोजित रेस ३ को पार्टीमा सहभागी भएर घर जादै थिइन ।ज्याकलिनले अटोरिक्साका चालकले मादक पदार्थ सेवन गरेको तर आफूहरु सकुसल रहेको बताएको भारतीय सञ्चार मध्यामले उल्लेख गरेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...