अल्जेरियामा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा २५० भन्दा धेरैको ज्यान गयो |

विदेश

अल्जेरियामा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा २५० भन्दा धेरैको ज्यान गयो |
अप्रिल ११ अल्जेरिया :- अल्जेरियामा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा अढाई सयभन्दा धेरैको ज्यान गएको त्यहाँबाट प्राप्त विवरणहरूमा जनाइएको छ।अल्जेरिया(समर्थित तथा पश्चिमी साहारा क्षेत्रमा मोरोक्कोबाट अलग हुन खोजिरहेका पोलिसारियो मोर्चाका २६ जना सदस्यहरू मारिनेमध्ये रहेको बताइएको छ। राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट उडेको केही बेरमै विमान दुर्घटनामा परेको हो।   तर दुर्घटनाको कारण भने अझै अस्पष्ट छ। मृतकको आधिकारिक संख्या सार्वजनिक गरिएको छैन। भिडिओ दृश्यमा विमान खसेको ठाउँमा भग्नावशेषबाट धुवाँ उडिरहेको देख्न सकिन्छ।टेलिभजन समाचार विवरणहरूका अनुसार घटनास्थलमा १४ वटा एम्बुलेन्सहरू पुगेका छन्। रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा सेनाका प्रमुखले दुर्घटनाबारे छानबिन गर्न आदेश दिएका छन्।   अल्जेरियामा चार वर्षअघि पनि सैन्य सदस्यहरू तथा उनीहरूका परिवार बोकेको एउटा विमान खस्दा ७७ जनाको ज्यान गएको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...