नेपाल मगर संघ इजरायलको पाँचौ बार्षिक उत्सव तथा तेस्रो महाधिवेशन सम्पन्न |

विदेश

नेपाल मगर संघ इजरायलको पाँचौ बार्षिक उत्सव तथा तेस्रो महाधिवेशन सम्पन्न |
जुलाई १५ तेल अभिव :- बैदेशिक रोजगारको शिलशीलामा इजरायलमा रहनु भएका मगरहरुले ,मगर समुदायको भाषा, धर्म, भेषभुषा, संस्कृति, पहिचान र परम्परालाई जगेर्ना गर्दै इजरायलमा भै परि आउने समस्याहरुसंग एक भैई आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्ने उद्धेश्यले प्रवासी भुमी इजरायलमा १३ जुलाई २०१३ मा स्थापना गरिएको नेपाल मगर संघ इजरायलको पाचौं बार्षिक उत्सब तथा ऐतिहासिक तेस्रो अधिबेशन गएको जुलाई १३ तारिख शुक्रबार को दिन तेल अभिवमा भब्य रुपले सम्पन्न भएको छ | नेपाल मगर संघ इजरायलका अध्यक्ष बिष्णु पुन मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपालबाट आमन्त्रित नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष गंगा खासु ,एन आर एन एन सी सी इजरायलका अध्यक्ष ,नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष लगायत इजरायलमा स्थापित विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु बिशेष अतिथि /अतिथिको रुपमा उपस्थिति जनाउनु भएको थियो |तोकिएको समय भन्दा केहि ढिलो शुरु भएको कार्यक्रममा इजरायलमा रहनु भएका मगरहरु तथा नेपालीहरुको राम्रो उपस्थिति रहेको थियो |कार्यक्रम सभापति ,प्रमुख अतिथि तथा बिशेष अतिथिबाट केक कटेरा शुरु भएको कार्यक्रममा नेपाली राजदुताबासबाट कोहिपनि उपस्थित नहुनु दुखद थियो | कार्यक्रममा मगरहरुको पहिचान झल्किने सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए |संघकी प्रथम उपाध्यक्ष लिला थापाको स्वागत मन्तब्य र सम्रक्षक तारा काउचा मगरले मन्तब्य दिनु भएको थियो |,नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश श्रेष्ठ , प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष गंगा खासुले पनि मन्तब्य दिनु भएको थियो ,वहाले विदेश भूमिमा आफ्नो समुदायको भाषा, धर्म, भेषभुषा, संस्कृति, पहिचान र परम्परालाई जोगाउन यसरि एकजुट भएकोमा खुसि व्यक्त गर्नु हुँदै मगरहरुको भुमि पहिचानको आधारमा मगरहरुलाई नै सुम्पिनु पर्ने र मगरहरुले धेरै लडाईहरु लडिसकेको र आफ्नो हक अधिकारको लागि अझै लड्न तयार रहेको बताउनु भयो |कार्यक्रममा राजदुताबासबाट कसैको पनि उपस्थित नरहेकोले दुख ब्यक्त गर्नु भएको थियो र अब यस्तो नदोहोर्याउन अनुरोध गर्नु भएको थियो |संघका महासचिव जमुना थापा मगर र सचिव बिबश आले मगरले संचालन गर्नु भएको थियो | सभापतिले सभा बिसर्जन गर्नु भए पछी निर्बाचन समितिले नया कार्य समितिको घोषणा गरेको थियो |

लिला थापा मगरको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति यस प्रकार छन् :-

१ अध्यक्ष - लिला थापा मगर २ प्रथम उपाध्यक्ष –जय पुन मगर ३ द्वितीय उपाध्यक्ष – मन राना मगर ४ तृतीय उपाध्यक्ष –सुर्य राना मगर ५ महासचिब – धनु काउचा मगर ६ सचिब -बिबश आले मगर ७ सह-सचिब - काली पुर्जा मगर ८ कोषाध्यक्ष – चित्र जुग्जाली मगर ९ सह-कोषाध्यक्ष – रोजा थापा मगर १० - सांस्कृतिक बिभाग संयोजक - सिमन पुर्जा मगर ११ - सांस्कृतिक बिभाग सह-संयोजक -रोजिना थापा मगर सदस्यहरु :- १२ - कमला गर्बुजा मगर १३- बिध्या थापा १४- बिजय पुन मगर १५ – सुशिला थापा मगर १६-माया आले मगर, १७- लक्ष्मी थापा मगर १८- ललिता पुन मगर १९- तुल घर्ति मगर २०-कुशुम पुर्जा संरक्षक - दिपक राना मगर


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...