इजरायलमा पनि अन्तराष्ट्रिय नारी दिवस भव्यताका साथ मनाए |

विदेश

मार्च ११ तेल अभिव इजरायल:- इजरायलमा नेपाली नारिहरुको संगठन नेपाली नारी आवाज इजरायलले १०८ औ अन्तराष्ट्रिय नारी दिवस मनाएको छ |तेल अविव स्थित सत्य साई सेन्टरमा यहाको कामलाई मध्यनजर राखी ''नारी हिँसा बिरुद्द राज्यको दायित्व र प्रवासमा नारी ''भन्ने नाराका साथ मार्च ९ - २० १८ शुक्रबार अन्तराष्ट्रिय नारी दिवस  मनाइएको थियो | नेपाली नारी आवाजकी अध्यक्ष नेहा गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि एनआरएन इजरायलकी उपाध्यक्ष उमा गुरुङको रहनु भएको थियो |

29133271_1983524221921362_6972300044032540672_n 29027148_773579556170237_2867884740260659200_n  

विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि ,इजरायलमा संचालित अनलाइन मिडियाकर्मीहरुको उपस्थिति रहेको कार्यक्रममा भने नारी दिदि बैनीहरुको उपस्थितिमा कमि थियो |सहभागी महिला दिदि बैनीहरुले नेपाली समाजमा नारीहरु प्रति गरिने अन्याय ,अत्याचार ,महिला हिँसा र अधिकारका भावनाले ओतप्रोत भएका मार्मिक कबिता, गजल ,मुक्ताक तथा गीत,नृत्य प्रस्तुत गर्नु भएको थियो |

29103726_773579072836952_2727180473477365760_n

नेपाली नारी आवाजकि अध्यक्ष तथा कार्यक्रम सभापति नेहा गुरुङले नारीहरु अब जागरुक भै आफ्नो हक हित र अधिकार माग्ने होइन खोसेरा लिना सक्ने र पुरुष भन्दा कुनै कुरामा कम नरहेको , नारीले आफु कहिले पनि कम्जोर महसुस गर्न नहुने जस्तो सुकै समस्या र चुनौती आएपनि अगाडी बढ्नु पर्नेमा जोड दिंदै अन्तराष्ट्रिय नारी दिवसको उपलक्क्षमा शुभकामना दिनुहुँदै कार्यक्रम बिसर्जन गर्नु भएको थियो |त्यसै गरि अतिथिहरुको तर्फबाट जनसम्पर्क समिति इजरायलका महामन्त्री खगेश्वर अधिकारीले सुभकामना दिनु भएको थियो |कार्यक्रमको अन्त्यमा नेपाली नारी आवाज इजरायलको ११ औ बार्षिकउत्सवको उपलक्ष्यमा केक काटेका थिए |

29062801_773581639503362_4278116417015906304_n

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...