क्यानाडामा एक प्रहरी पोशाकमा रहेको आक्रमणकारीले गोली चलाउंदा १ प्रहरी सहित १६ जनाको मृत्यु ।

विदेश

क्यानाडामा एक प्रहरी पोशाकमा रहेको आक्रमणकारीले गोली चलाउंदा १ प्रहरी सहित १६ जनाको मृत्यु ।
एप्रिल २० क्यानाडा :- क्यानडाको नोभा स्कोटिया प्रान्तमा प्रहरीको भेषमा हिँडेका एक सशस्त्र व्यक्तिले गोली चलाउँदा एक महिला प्रहरीसहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।१२ घण्टा लामो घटनामा ती आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। शनिवार राति गोली चल्न थालेपछि सुरक्षाका कारण दुर्गम नगर पोर्टपिकका बासिन्दालाई घरभित्रै बस्न भनिएको थियो।प्रहरीका अनुसार ती आक्रमणकारीले प्रहरीको जस्तो देखिने एउटा कार प्रयोग गरेका थिए र उक्त कारलाई पछ्याउन थालिएको थियो।ती आक्रमणकारीले नोभा स्कोटियाका विभिन्न स्थानमा मानिसहरूलाई गोली हानेको हुनाले हताहत हुने सङ्ख्या अझै स्पष्ट हुन बाँकी भएको प्रहरीले बताएको छ। सेवामा खटिँदा आक्रमणमा परेर हाईडी स्टीभन्सनले पनि ज्यान गुमाइन्। उनी त्यहाँको प्रहरी आरसीएमपीमा २३ वर्षदेखि कार्यरत थिइन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले उक्त घटनालाई 'भयानक' भनेका छन्।नोभा स्कोटियाका प्रान्तीय प्रमुख स्टीभन मक्नीलले आफ्नो प्रान्तको इतिहासमा सबैभन्दा अर्थहीन हिंसात्मक घटना भएको भनेर दुःख व्यक्त गरेका छन्।प्रहरीले आफ्नो ट्वीटमा ती सन्दिग्ध आक्रमणकारी ५१ वर्षीय गेब्रीअल वोर्टम्यान भएको जनाएको छ।ट्वीटमा उनको कार र प्रहरीको कारमा केही भिन्नता रहेको भन्दै उल्लिखित बेहोराको कार देखिए तत्काल ९११ मा खबर गर्न सर्वसाधारणलाई आइतवार आग्रह गरिएको थियो। स्रोत :-अन्द्रेअ जेरेट त्विटर

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...