इजरायलमा शुक्रबार मनाउने भनिएको सोनाम लोसारको सम्पूर्ण तयारी पुरा ,सहभागिताको लागि ह्योल्मो समाज इजरायलको अनुरोध।

विदेश

इजरायलमा शुक्रबार मनाउने भनिएको सोनाम लोसारको  सम्पूर्ण तयारी पुरा ,सहभागिताको लागि ह्योल्मो समाज इजरायलको अनुरोध।
जनवरी २१ तेल अभिव :-ह्योल्मो समुदायले इजरायलमा सोनाम लोसार (मुसा वर्ग )भब्य रुपले मनाउने भएको छ ।नेपाल ह्योल्मो समाज सेवा संघ केन्द्रको प्रवास शाखा ह्योल्मो समाज इजरायलद्वारा आयोजित नेपाली राष्ट्रिय ह्योल्मो समुदायहरुको महान पर्व २१४७ औ ज्यिवा ल्हो अर्थात ( मुसा बर्ग ) सोनाम लोसार गएका बर्षहरुमा झै यस बर्ष पनि जनवरी २४ शुक्रबार याद यारुचिम १५ ( EVE ) पार्टी हल तेलअभिब मनाउने भएको छ । आफ्नो भाषा, भेषभुषा,धर्म,लिपी, कला, संस्कार, संस्कृति ,रितिरिवाज ,परम्परा आदिको संरक्षण ,र सम्बर्धन गर्दै बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि शुभकामना आदन प्रदान सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती एवम ह्योल्मो श्याब्रु साथमा स्वादिष्ट खाना ( तेहेर्का ,भाबार ,खाप्सी)रात्री भोजको साथमा शुभकामना आदन प्रदान गरि मनाउने कार्यक्रम रहेकोले इजरायलमा कार्यरत आदरणीय ह्योल्मो आदा,न्हो, आजि,न्हुमु लगायत इजरायलवासी आदरणीय नेपाली दाजु भाई तथा दिदिबहिनीहरुमा उपस्थितिको लागि ह्योल्मो समाज इजरायल परिवारद्वारा हार्दिक अनुरोध गरिएको छ ।यस सम्बन्धि सम्पूर्ण तयारी भई सकेको ह्योल्मो समाज इजरायलका महासचिव समिर लामा श्याङ्बले बताउनु भएको छ ।

कार्यक्रम:- मिती :- सन् २०२० जनवरी २४ तारिख शुक्रबार स्थान : याद यारुचिम १५ ( EVE ) पार्टी हल तेलअभिब समय : बेलुका ८ बजे साँझ आयोजक:-ह्योल्मो समाज इजरायल परिवार।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...