नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ बार्षिकोत्सवको अवसरमा ह्वाइखा (कविता) प्रतियोगिता आयोजना गर्ने ।

विदेश

नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ बार्षिकोत्सवको अवसरमा ह्वाइखा (कविता) प्रतियोगिता आयोजना गर्ने ।
अक्टुबर १४ फिष्टेल न्युज :- नेपाल तामाङ घेदुङ, इजरायलको पाँचौ बार्षिकोत्सवको शुभ अवसरमा शिक्षालाई प्राथमिकता दिनुुपर्छ भन्ने उद्देश्य र तामांग भाषाको बिकास र उत्थानका निमित प्रथम अन्तर्राष्ट्रिय तामाङ ह्वाइखा (कविता) प्रतियोगिता कार्यक्रम आयोजना गर्ने भएको छ ।कविताको शीर्षक "लोप्खाङ "(बिद्यालय) रहेको छ ।आगामी १५ नोभेम्बर (२०१९) शुक्रबार साँझ हुन गईरहेको सो प्रतियोगितामा भाग लिनु भई कार्यक्रम सफल बनाई दिनु हुन बिश्व भरी छरिएर रहनुभएका सम्पुर्ण तामाङ भाषी साहित्यकार एवम साहित्यप्रेमीहरुमा आयोजक संस्था नेपाल तामाङ घेदुङ, इजरायल परिवारद्वारा हार्दिक अनुरोध गरिएको छ ।यस प्रथम अन्तर्राष्ट्रिय तामाङ ह्वाइखा प्रतियोगिता (२०१९) सफल बनाउनको लागी नानी माया योञ्जन तामाङको संयोजकत्वमा समिति गठन गरेको छ ।

नियमहरु:-

१) कविता अधिकतम १०० शब्द भित्र हुनु पर्नेछ ।

२) प्रतियोगितामा संसार भरिका तामाङ महानुभावहरुले भाग लिन सक्नु हुनेछ ।

३) आफ्नो ह्वाइखा (कविता)संगै पासपोर्ट साइजको एक प्रति फोटो सहित स्थाइ र अस्थाई ठेगाना र सम्पर्क नम्बर पठाउनु पर्नेछ ।

४) ह्वाइखा ( कविता ) नेपाल तामाङ घेदुङ इजरायलको इमेलमा israelghedung@gmail।com अथवा इन्बक्समा वा संयोजक समितिका सदस्यहरु नानीमाया योन्जन तामाङ , sundar yonjan Tamang, b b lama tamang को फेसबुक इन्बक्समा पठाउन सक्नु हुनेछ ।

५) प्रतियोगितामा भाग लिन इच्छुक महानुभावहरुले आ-आफ्नो ह्वाइखा (कविता) यहि अक्टोबर (२०१९) १८ तारीख शनिबार बिहान ७ बजे देखि नोभेम्बर २:०० तारिख इजरायलको समय बेलुकी १२:०० बजेसम्ममा प्राप्त भएको ह्वाइखाहरुलाई मात्र समावेश गराइनेछ ।

६) प्राप्त ह्वाइखा (कविता)हरु क्रमबद्ध रुपमा संकलन गरिनेछ ।

७) प्राप्त सबै ह्वाइखा (कविता) हरु संकलन गरि निर्णयको निम्ति सम्बन्धित बिधामा अनुभवी दखल ब्यक्तित्वको तीन सदस्य निर्णायक मण्डल समक्ष पठाइनेछ ।

८) निर्णायक मण्डलले निर्णय गरेको निर्णय नै अन्तिम निर्णय मान्नु पर्नेछ ।

पुरस्कार:-

१) प्रथम हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया = १५,००० ( पन्ध्र हजार )नगद पुरस्कार र प्रमाण-पत्र सहित सम्मान गरिनेछ ।

२) द्धितीय हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया १०,००० (दस हजार )नगद पुरस्कार र प्रमाण-पत्र सहित सम्मान गरिनेछ ।

३) तृतीय हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया ५,०००(पाँच हजार ) नगद पुरस्कार र प्रमाण-पत्र सहित सम्मान गरिनेछ ।

४) चौथो हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया १५००(पन्ध्र सय)सान्त्वना पुरस्कार र प्रमाण-पत्रबाट सम्मान गरिनेछ ।

५) सम्पूर्ण सहभागी प्रतियोगिताहरु सबैलाई प्रशंसा-पत्रबाट सम्मान गरिनेछ ।

बिजेताहरुको ह्वाइखा (कविता) लाई कार्यक्रममा वाचन गरी सुनाइने छ । साथै सहभागी सम्पूर्ण प्रतियोगीहरुको रचनालाई तामाङ अनलाइन मार्फत नाम थर र ठेगना सहित प्रकाशन गराउनेछौ ।बिजेता घोषणा नेपाल तामाङ घेदुङ, इजरायलको पाचौं बार्षिकोत्सव कार्यक्रमको अवसरमा २०१९ नोभेम्बर १५ तारीख शुक्रबार साँझ घोषणा हुने संयोजक नानीमाया योन्जन तामाङले बताउनु भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...