ग्रिसमा भएको आगोलागीमा परी ५० भन्दा बढीले ज्यान गुमाए ,जनजीवन कष्ठकर |

विदेश

ग्रिसमा भएको आगोलागीमा परी ५० भन्दा बढीले ज्यान गुमाए ,जनजीवन कष्ठकर |
साउन ८ काठमाडौँ :-ग्रीसको राजधानी एथेन्स नजिकैको पर्यटकीय क्षेत्रमा लागेको डढेलोले कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ। राजधानीको पूर्वमा रहेको माती गाउँको तटीय क्षेत्रमा लागेको डढेलोको कारण उनीहरूको मृत्यु भएको हो।सोमबार राति भएको आगलागीबाट उनीहरुको मृत्यु भएको हो । मंगलबार विहान अग्नी नियन्त्रकहरूले आगो निभाउन निकै कठिन भएको बताएका छन्। ग्रीसका प्रधानमन्त्री एलेक्सिस सीप्रासले आपत्तकालीन बैठकपछि भने, ‘डढेलो नियन्त्रणका लागि गर्न सकिने सबै प्रयासहरू भइरहेका छन्। ग्रीसका लागि यो कठिन रात हो। ६ सय भन्दा बढी अग्नी नियन्त्रक अनि ३ सय गाडीहरू आगो लागेका तीन ठूला क्षेत्रमा अहिले परिचालन गरिएका छन्।’ यसैबीच ग्रीसका अधिकारीहरूले कैयौं ठाउँमा फैलिएको उक्त डढेलो निभाउनका लागि अन्तर्राष्ट्रिय सहायताको अपिल गरेका छन्। अधिकारीहरूले एथेन्सको पश्चिममा रहेको किनेटा नगरका बासिन्दालाई आफ्नो घर छोडेर सुरक्षीत स्थानमा जान आग्रह गरेका छन्। डढेलो लागेसँगै बाटोहरू बन्द भएका छन् र रेल सेवा पनि रद्द भएको छ। धेरैजसो पीडितहरू एथेन्सको उत्तरपूर्वमा रहेको माती गाउँस्थित समुद्री क्षेत्रको रिजोर्टमा फसेका छन्।डढेलोका कारण १०४ जना घाइते भएका छन्। ती मध्ये ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेमध्ये १६ जना बालबालिका रहेका छन्। रेडक्रस रक्षकहरुका अनुशर मटामा आर्गीरी अकी समुद्र तट नजिकैको मंगलवार बिहान २६ लाश जलेको पत्ता लगाएका छन् |के कति धनजनको क्ष्यति भएको बारे भने पुरा जानकारी आउन केहि दिन लाग्ने बताएको छ | साभार :-स्काई टेलिभिजन  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...