नेपाल मगर संघ शाखा इजरायलद्वारा बाढी पहिरो पिडितहरुलाई सहयोग रकम हस्तान्तरण।

अन्य

नेपाल मगर संघ शाखा इजरायलद्वारा बाढी पहिरो पिडितहरुलाई सहयोग रकम हस्तान्तरण।
जुलाई ३१ तेल अभिव :- बाग्लुङ र म्याग्दीका बाढी र पहिरो पिडितहरुलाई नेपाल मगर संघ शाखा इजरायलद्वारा आर्थिक सहयोग हस्तान्तरण गरेको छ।केहि दिन अगाडी अविरल बर्षाका कारण बाग्लुङ र म्याग्दीका केही गाउँहरुमा भएको मानबिय क्षति र हजारौ घरबार बिहिन भएकोले त्यस क्षेत्रलाई लक्षित गरेर नेपाल मगर संघ शाखा इजरायलले आर्थिक संकलन अभियान प्रारम्भ गरेको थियो।उक्त अभियानको लागी नेपाल मगर संघ शाखा इजरायलको कोषबाट रु १००,००० / ( अक्षररुपी रु एक लाख ) र अन्य इजरायलबासी सहयोगी दाताहरुबाट रु ३,१२०००/(अक्षररुपी रु तीन लाख बार्ह हजार ) गरि एकमुष्टमा रु ४,१२०००/ (अक्षररुपी रु चार लाख बार्ह हजार )सहयोग संकलन गर्न सफल भएको थियो। संकलित रकम मध्येबाट नेपाल मगर संघ शाखा इजरायलबाट बाग्लुङको काठेखोला गाउँ पालिका ४ का बाढिपिडितहरुको लागि छुट्टाईएको रकम रु ७०,००० /अक्षररुपी रु सत्तरी हजार सहयोग मगर भाषा अभियन्ताहरु नर पुन मगर ,प्रेम श्रीस मगर ,इन्द्र पुन मगर ,कृष्ण पुन मगर , आदिबासि जनजाती युवा महासंघ बाग्लुङका अध्यक्ष किशोर छन्त्याल ,कोषाध्यक्ष प्रकाश थापा मगर ,नेपाल मगर संघ बाग्लुङका सचिव श्याम पुन मगरको रोहोबर तथा उपस्थितिमा मृतकका परिवारहरुलाई हस्तान्तरण गरिएको नेपाल मगर संघ शाखा इजरायलका महासचिव बिबश आले मगरले जानकारी दिनु भएको छ। त्यसै गरि नेपाल मगर संघ शाखा इजरायलका पदाधिकारीहरु नारायण पुन मगर ,तारा काउचा मगर र धनु काउचा मगर ज्युहरुले पनि ब्याक्तिगत रुपमा रु ५५,०००/ (अक्षररुपी रु पचपन्न हजार रुपैया )पिडित परिवारलाई यस आगाडिनै हस्तान्तरण गरिसकिएको छ।   अभियानबाट संकलित बाँकी रकम रु ३,४२०००/ (अक्षररुपी रु तीन लाख बयालिस हजार) रुपैयाँ म्याग्दीको मराङ र बिम गाउँको राहतको लागि छुट्टाईएको बाताबरण अनुकुल बनेपछि निबर्तमान कोषाध्यक्ष चित्र जुग्जाली मगरको रोहबरमा पिडितहरुमा हस्तान्तरण गरिने महासचिव आलेमगरले बताउनु भएको छ यस दुखद घडीमा सहयोग गर्नु हुने सम्पूर्णमा नेपाल मगर संघ शाखा इजरायलले धन्यवाद ब्यक्त गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...