लोक गायक राजु गुरुङको नया गीत मर्स्याङ्गदीको तिर सार्बजनिक ।

सिनेमा/मनोरन्जन

लोक गायक राजु गुरुङको नया  गीत मर्स्याङ्गदीको तिर सार्बजनिक ।
अगस्ट ३० काठमाडौँ :- लाेक दाेहाेरी गायक राजु गुरुङले भर्खरै अाफनाे राजु गुरुङ युटुव च्यानल मार्फत "मर्स्यङदीकाे तिर" नामक गित बजारमा सार्वजनिक गरेकाे छ।स्याङ्जाको बिरुवा गा,पा,-७ मनकामना सेरोफेरो छायांकन गरेकाे म्युजिक भिडियोमा स्थानीयबासीहरुले सहयोग गरेका थिए ।तिते करेलिले, सालैजाे जस्ता थुप्रै लाेक प्रिय गीतहरुमा स्वर दिएका राजु गुरुङले आफ्नो यु्टुव च्यानलबाट "मर्स्याङदीकाे तिर" गित सार्वजनिक गरेका छन् । उक्त गितमा स्वयम् राजु गुरुङ र सुष्मिता घर्ती मगरकाे स्वर रहेका छन, भने लय राजु गुरुङ , शब्द लेखन रमेश बि,जीको रहेको छ । साे गितकाे म्युजिक भिडियोमा राजु गुरुङ ईशु गुरुङ , खेम गुरुङ र अाशु गुरुङ लगायत कलाकारले मुख्य अभिनय गरेका छन ।छायांकन पुस्कर थापा, ड्राेनमा बिजय गुरुङ , सम्पादनमा मिलन बिश्वकर्म रहेका छन भने म्युजिक भिडियाे निर्देशन बिक्रम चौहानले गरेका छन ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...