गुरुङ भाषाको पुस्तकालय स्थापना सहयोगार्थ चलचित्र ”भेडी गाेठाले” जापानमा प्रदर्शन हुँदै

सिनेमा/मनोरन्जन

गुरुङ भाषाको पुस्तकालय स्थापना सहयोगार्थ चलचित्र ”भेडी गाेठाले” जापानमा प्रदर्शन हुँदै
जुन २६ पोखरा :– आउँदो २१ जुलाई २०१९ मा गुरुङ संस्कार संस्कृतिमा अाधारित नेपाली भाषाको चलचित्र ‘भेडि गोठाले’ ( क्यु प्ह्राे छे ) को जापानमा विशेष च्यारेटी ‘शो’ हुने भएको छ । नेपाल मा गुरुङ भाषाको लाइब्रेरी स्थापना सहयाेगकाे लागि तमु धिं जापान काे अायाेजना र जापान मनि ऐक्चेन्ज काे सहयाेग मा ‘शो’ गर्न लागिएको निर्माण युनिटले जनाएको छ । जापानको टोकीयो रोधीघर, सिन्कुवोमा दिनकाे १२ बजे च्यारेटी शो हुने भएको छ । यसअघि विश्वका ५, ६ वटा मुलुकमा फिल्म भेडि गोठालेले ब्लक बस्टर शो गरि सकेको छ । यु ए ई , कतार, नेदरल्याण्ड, युके, अमेरिकाका ५ वटा सिटी, पोखरा, काठामाडौं र इन्डियामा फिल्मले च्यारेटी ‘शो’ गरि सकेकोक छ । फिल्मको ‘शो’ बाट उठेको रकम नितान्त समाज सेवामा खर्च गरेको फिल्मका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ले जानकारी दिए । उनका अनुसार ‘तमु प्ये ल्हु संघ – लमजुङ’ले लमजुङमा गरेको पहिलो शो बाट उठेको सबै रकम लमजुङकै ‘क्वाई बु धिं’ (तमुहरुको धार्मिक पवित्तत्र स्थल) तथा सांस्कृतिक संरचना भवन निर्माणको लागि सहयोग गरिएको थियो । यस्तै, हङकङमा गरिएको दोस्रो शो बाट उठेको रकम १० लाख रुपैयाँ लामो समयदेखि समाज सेवामा जुट्दै आएको ‘मिलन फाउन्डेसन नेपाल’लाई सहयाेग हुने गरि मिलन ट्रष्ट मा अक्ष्ायकोष मा राखिएकाे थियो । यु ए ई र कतारमा प्रदर्शन बाट उठेकाे रकम पनि सत प्रतिसत लमजुङ क्वाईबु धिं भवन निर्माण समिति ( तमु प्ये ल्हु संघ लमजुङ ) लाई हस्तान्तरण गरिएको थियो । मखमलि आमा समुह दोर्दी लमजुङको आयोजनामा काठमाडौं र पोखरामा गरिएको शो बाट उठेको सत प्रतिसत रकम ‘मखमलि आमा समुह’को भवन निर्माणको लागि हस्तानतरण गरिएको थियो । अमेरिकाको ५ वटा सिटीमा गरिएको शो बाट उठेको रकम अमेरिकाबासि नेपालीहरुले सञ्चालन गरेको संस्थालाई सहयोग गरिएको थियो । यस्तै, बेगनास ताल तमु समुहले पोखरामा गरेको शो बाट उठेको रकम बेगनास तालको ‘तमु समाज’को सहयोगका लागि हस्तान्तरण गरिएको थियो । फेदीं खोला युवा क्लबले स्याङ्जामा गरेको शो बाट उठेको रकम युवाहरुको उत्थानका लागि सहयोग गरिएको थियो । यस्तै, युकेमा गरिएके शो बाट उठेको रकम १५ सय पोन्ड र फिल्मका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’को ५ सय पाउण्ड थपि २ हजार पाउण्ड तमु प्ये ल्हु संघ युकेको क्वाई बुं धि भवन खरिद गर्नका लागि सहयोग गरिएको थियो । गोर्खाली रेडियो पाेखरा र साेपाल तमु समाज कास्कीको संयुक्त आयोजनामा पोखरामा गरिएको दोस्रो शो बाट उठेको रकम द्वन्द पिडित अामा लिला गुरुङलाई सहयोग गरिएको थियो । यस्तै, अन्य शो बाट उठेको रकम पनि सामाजिक सेवामा कार्यरत संघ सस्थाको सहयोगका लागि खर्च गरिएको थियो । फिल्मले आदीबासि जनजाति फिल्म फेस्टिवलको तर्फबाट ‘वेष्ट पब्लिक च्वाइस’ र ‘वेष्ट एक्टर’को अवार्ड समेत हात पारेको छ । विक्रम गुरुङ ‘हङकङ’ देउकी सिंजाली दीपिका मिलन, विजय गुरुङ मिलन हङकङ, देउकुमारी गुरुङ हङकङको संयुक्त लगानीमा फिल्मको निर्माण भएको हो भने फिल्मको कथा तथा निर्देशन गणेश गुरुङ ‘सुवास’को रहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...