नेपाल आइडलका टप तीन बिजेताहरुलाई जापानले प्रवेश आज्ञा (भिषा )दिएनन |

सिनेमा/मनोरन्जन

नेपाल आइडलका टप तीन बिजेताहरुलाई जापानले प्रवेश आज्ञा (भिषा )दिएनन |

फेब्रअरी २५ काठमाडौँ :- नेपाल आइडलका बिजेता बुद्ध,फस्ट रनरअप प्रताप र सेकेन्ड रनरअप निशानलाई जापानको दुतावासले भिषा दिन अस्वीकार गरेको छ ।विश्व टुरअन्तर्गत गैरआवासीय नेपाली संघ (NRN) जापानको आयोजनामा ‘हिमालय ल्होसार नाइट’ कार्यक्रम जाने तयारीमा रहेका उनीहरुलाई दुतावासले भिषा दिन अस्विकार गरेको हो ।

दुतावासले भिसा दिन अस्विकार गरेपछि कार्यक्रम तत्काललाई स्थगित गरिएको गैरआवासीय नेपाली संघ जापानले जनाएको छ । कार्यक्रममा बुद्ध, प्रताप र निशानसँगै नेपाल आइडलका प्रतिस्पर्धी सन्ध्या जोशी, केन्जलमेहर श्रेष्ठ, मोडल एलिशा राई, उद्घोषक सुशिल नेपाल पनि जापान जाने तयारीमा रहेका थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...