जनप्रिय स्कुल पोखरामा २ समूहमा झडप हुँदा २ घाइते |

अन्य

जनप्रिय स्कुल पोखरामा २ समूहमा झडप हुँदा २ घाइते |
असोज ४ पोखरा :-पोखराको जनप्रिय स्कुल अगाडि दुई समूहबीच कुटपिट हुँदा दुई विद्यार्थी घाइते भएका छन् ।विहीबार बिहान करिब साढे १० बजेको समयमा अपरिचित व्यक्तिहरुले कुटपिट गर्दा पोखरा – ५ पस्र्याङका १७ बर्षीय सुनिल श्रेष्ठ र पोखरा ८ सिर्जनाचोकका १७ वर्षकै शिव कार्की घाइते भएको वडा प्रहरी कार्यालय बैदाम प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए । कार्की कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीले जनायो । कुटपिटबाट घाइते भएका उनीहरुको फेवासिटी हस्पिटलमा उपचार भइरहेको उनले जानकारी दिए । घटना भएको नजिकैबाट भिआर बाइक नियन्त्रणमा लिएको थियो तर यातायात व्यवस्था कार्यालयको सहयोगमा अनुसन्धानपछि घाईतेको आफन्तको भएको खुलेको डिएसपी कार्कीले जनाए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...