युएईमा मंगलबार ५३ नया संक्रमित भेटियो ,संक्रमितको संख्या ६६४ पुग्यो ।

विदेश

युएईमा मंगलबार ५३ नया संक्रमित भेटियो ,संक्रमितको संख्या ६६४ पुग्यो ।
मार्च ३१ युएई :-युएईको स्वास्थ्य र रोकथाम मन्त्रालयले आज मंगलबार कोरोनाभाइरस संक्रमित संख्या - ५३ जना नयाँ संक्रमित भेटिएको जनाएको छ। नयाँ संक्रमित सहित संक्रमित हुनेहरुको संख्या - ६६४ जना पुगेको छ। संक्रमित मध्ये आज १ जनाको मत्यु भएको छ भने मृत्यु हुनेको संख्या - ६ जना पुगेको छ। नयाँ संक्रमितमा नेपालका - २ जना रहेको छ।नयाँ संक्रमितहरूको स्वास्थ्य स्थिर रहेका छन् र यसमा नेपाल सहित अल्जेरिया, लेबनान, पाकिस्तान, इरान, कुवेत, स्विजरल्याण्ड, टर्की, फिलिपिन्स, इटाली, फ्रान्स, अमेरिका, इजिप्ट २ , बेलायत ३ , युएईका ४ नागरिकहरु रहेका छन् ।मन्त्रालयले श्वासप्रश्वासको लक्षण भएका मानिसहरूलाई भीडभाड नजना र जनतालाई आधिकारिक स्रोतबाट जानकारी लिन र अफवाह फैलाउनबाट जोगिन अनुरोध गरेको छ । साभार : गल्फ न्युज

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...