इजरायलमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु |

विदेश

इजरायलमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु |
असोज २५ इजरायल:-इजरायलमा एक नेपाली चेली सडक दुर्घटनामा परी मृत्यु भएको छ |सडक पार गर्दा एक करले ठक्कर दिंदा गम्भिर घाइते भई फारसभा स्थित मेयर अस्पतालमा उपचाररत नेपाली चेलीको उपचारको क्रममा निधन भएको छ । सिन्धुपाल्चोक हेल्म्वु ६ स्थायी घर भई रोजगारीको लागि सात  बर्ष  देखि इजरायलमा रहेकी अन्दाजी ४० बर्षिया दामी ग्याल्मु लामा नाम गरेकी लामालाई दुर्घटना पश्चात फारसभाको मेयर अस्पताल पुर्याइएको थियो । दुुर्घटनाबाट गम्भिर घाइते भएकी लामाको तत्कालै आकस्मिक शल्यक्रिया गरिएको थियो । उनको उपचारमा खटिएका चिकित्सकले मृतक लामाको टाउकोमा गम्भिर चोट लागेको र शल्यक्रिया पनि सफल हुन नसक्ने बताएका थिए । विहान करिव ४ बजे अस्पतालले लामाको निधन भएको घोषणा गरेको नेपाली राजदुताबास स्रोतले जानकारी दिएको छ | उनलाई ठक्कर दिने कार चालकका अनुशार उनले रातो बत्तीको ख्याल नगरी बाटो क्रस गरेको हुँदा सो दुर्घटना भएको जनाएको र स्थानीय प्रहरीद्वारा सी सी टी भी फुटेजको आधारमा अनुसन्धान भई रहेको राजदुताबासले जनाएको छ | यस घटना सम्बन्धमा नेपाली राजदुताबास उनको एजेन्सी र प्रहरीसंग लगातार सम्पर्क रहेको बिस्तृत जानकारी आउन केही समय लाग्ने नेपाली राजदूतावास स्रोतले जनाएको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...