खोटाङ सेवा समाज युएईको प्रथम सांस्कृतिक धमाका-२०१८ युएईको आबुधाबीमा सम्पन्न ।

विदेश

खोटाङ सेवा समाज युएईको प्रथम सांस्कृतिक धमाका-२०१८ युएईको आबुधाबीमा सम्पन्न ।
भदौं १३ मान सिङ तमु (मानु कोन्मे),फिष्टेल न्यूज सम्बत्दाता युएई: - खोटाङ सेवा समाज युएईको आयोजनामा यहि २४ तारिख अगस्ट २०१८ शुक्रबार मलेयाली हल मुसाफा आबुधाबी युएईमा भव्यता साथ प्रथम सांस्कृतिक धमाका - २०१८ सम्पन्न भएको छ।उक्त कार्यक्रमको अध्यक्षता खोटाङ सेवा समाज युएईका अध्यक्ष हिमाल तमुले गर्नु भएको थियो। कार्यक्रममा युएईमा रहेका बिभिन्न समाजिक संघ संस्था , राजनीतिक संघ संस्था , जिल्लागत संघ संस्थाका प्रतिनिधिहरु,युएईमा क्रियाशिल पत्रकार तथा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम संचालन तेज राई र मेनु दुमी राइले गर्नु भएको थियो भने कार्यक्रम सुचारु अध्यक्ष अथिती तथा बिशेष अथितीहरुले संयुक्त रुपमा पानासमा बत्ति बलेर कार्यक्रम शुरु भएको थियो। कार्यक्रमको शुरूवातमा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो।कार्यक्रममा युएईमा रहेका चर्चित स्थानीय कलाकारहरु रियो चाम्स,डिके किराती,सरु शितला राई लगायतले गीत गाएर उपस्थित सम्पुर्ण दर्शकहरू लाई नचाएका थिए भने नेपाल बाट अतिथि कलाकारको रुपमा आउनु भएका मेघास्टार राई इज किङ्ग राष्ट्रिय तथा अन्तरास्ट्रियमा चर्चित गायक राजेश पायल राइ,चर्चित युवा गायक जिबिहाङ राई,चर्चित मोडेल तथा नृत्यकार वर्षा थिङ तामाङ, चर्चित मोडेल तथा नृत्यकार करिश्मा ढकालको बेजोड प्रस्तुति रहेको थियो। मोडेल तथा नृत्यकार वर्षा थिङ तामाङले मेरो लाहुरे आउछरे यहि जेठमा गीतमा आफ्नो दमदार प्रस्तुति गर्नु भएको थियो भने चर्चित मोडेल तथा नृत्यकार करिश्मा ढकालले चोली अलि छोटो के लाएथें यो सारा शहरले लगायौ मै माथी फोकास गीतमा दमदार प्रस्तुति दिई सम्पुर्ण दर्शक नचाएका थिए।चर्चित युवा गायक जिबिहाङ राईले झुम्के माया मायाले संसार थामेन पियारी लगायतका गीत गाएर उपस्थित दर्शक लाई नाच्न तताएका थिए ।मेघास्टार राई इज किङ्ग राजेश पायल राईले दर्शन नमस्ते,सै ढोले सै,दिक्तेल बजार,कान्छीको भट्टीको तीन पाने गीतहरु सहित झन्डै डेढ दर्जन गीतहरु गाएर हलमा उपस्थित सम्पुर्ण दर्शक लाई नचाएका थिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली गीत संगितको माध्यम बाट नेपालीहरुको उच्च शिर पार्नुको साथै नेपाली कला संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण भुमिका र योगदान दिएको भन्दै किरात राई यायोक्खा शाखा युएईले मेघास्टार राई इज किङ्ग राजेश पायल राई र गायक जिबिहाङ राई लाई किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष हर्कजंग किराती,संस्थापक अध्यक्ष कटक राई, उपाध्यक्ष चन्द्र साम्पाङ र सल्लाहकार भगवती चाम्लिङले संयुक्त रुपमा पगरी ओढाएर प्रमाण-पत्र सहित सम्मान गरेको छ भने मोडेल तथा नृत्यकार वर्षा थिङ तामाङ र करिश्मा ढकाल लाई खादा ओढाएर प्रमाण-पत्र सहित सम्मान गरेको छ। उक्त कार्यक्रमको अन्तिममा मेघास्टार राई इज किङ्ग राजेश पायल राईले किरात राई यायोख्ख प्रति आभार व्यक्त गर्दै किराँती साकेला गीत सै ढोले सै गीत गाएर दर्शक लाई नचाएका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...