चार सस्थाको आयोजनामा तीज बिशेष कार्यक्रम गरिने ,प्रवेश शुल्क फ्री |

विदेश

चार सस्थाको आयोजनामा  तीज बिशेष कार्यक्रम गरिने ,प्रवेश शुल्क फ्री |
भदौं २५ इजरायल :-हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज इजरायलमा भब्य रुपले मनाउने भएको छ | सेप्टेम्बर १५ तारीक शनिबार दिउसो १ एक बजे Matlon 93 thakhana marzit तेल अभिवमा सत्य साई सेन्टर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर (अनेसास), अन्तर्राष्ट्रिय नेपाली नारी आवाज तथा लुम्विनी कपिलवस्तु दिवस अभियानको संयुक्त आयोजनामा हरितालिका तीज विशेष कार्यक्रममा २०१८ को भब्य रुपले मनाउने तयारी भैरहेको सत्य साई सेन्टरका अध्यक्ष नेहा गुरुङले जानकारी दिनु भएकोछ | यस कार्यक्रममा महिला दिदी बैनीहरुको मनोरंजन्मलाई ध्यान दिदै गीत गाउन सकिनेछ भने सम्पूर्ण नेपाली दिदीबैनीहरूबाट नाचगान तथा सास्कृँति कार्यक्रम सहित दर खुवाउने कार्यक्रम पनि राखिएको छ | सो कार्यक्रममा उपस्थित भै भरपुर मनोरंजन लिनु हुन तथा कार्यक्रम भब्य रुपले सफल पारीदीनु हुन सम्पूर्ण इजरायलमा रहनु भएका दिदीबैनी तथा , बुद्धिजीवी, समाजसेवी, संघ संस्था,मिडियकर्मी ज्यूहरुमा आयोजक द्वारा हार्दिक निमन्त्रणा गरिएको छ।  

तीज बिशेस कार्यक्रम --- मितिः- १५ सेप्टेम्बर २०१८ शनिवार समय:- दिउसो १:०० बजे देखी ५ बजे सम्म स्थान:- Matlon 93 thakhana marzit तखाना मर्कजीत प्रवेश :-फ्री

सम्पर्क :-नेहा गुरूगं ०५४९८७१९११  निशा अर्याल ०५०२९८३७३०  मिरा वान्तवा राई

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...