इजरायलका नेपालीहरुले इजरायलका लागी नेपाली राजदुत ड़ा अन्जान शाक्यलाई भब्य रुपले स्वागत गरे |
विदेश
उक्त कार्यक्रममा इजरायलमा रहेका नेपालीहरुले भोग्नु परेको समस्या तथा सुझाव सहितको १८ बुंदे ध्यानकर्षण पत्र महामहिम राजदुत डा अन्जान शाक्यलाई बुझाएको छ ।कार्यक्रममा उपस्थित सघ /सस्था , अनलाईन मिडिया कर्मी तथा उपस्थित सम्पूर्णको जिज्ञासा ,प्रश्नको बारेमा बोल्नु हुँदै महामहिम राजदुत डा अन्जान शाक्यले राजदुताबासमा कर्मचारीको कमिको बाबजुद पनि आफु इजरायलमा विभिन्न क्षेत्रमा रहेको नेपालीहरुको समस्यहरु बुझ्न र समाधानका लगायत दुई देश बिच सम्बन्ध सुधार्ने कार्यमा पनि प्रयासरत रहेको र रहने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो ,दुई देश बिचमा सुमधुर सम्बन्ध स्थापित गर्न राष्ट्रपती ,प्रधानमंत्रीको इजरायल भ्रमण हुनु पर्ने र यसको लागी आफु लागीरहेको पनि वहाले प्रस्ट पार्नु भयो ।
आफु राजदुताबास तथा इजरायलमा रहेका नेपालीहरुको बिचमा समस्या तथा सुझावहरुको छलफल गर्न जहिले पनि तयार रहेको पनि बताउनु भयो ।कार्यक्रम १६ वटा सस्थाहरुले संयुक्त रुपमा योजना गरिएको थियो भने कार्यक्रम नेपाली संघीय समाज इजरायलका सल्लाहकार समितिका अध्यक्ष सुन्दर सिंह योन्जन तामाङले संचालन गरेका थिए । 
