होम क्वारेन्टाइनमा रहेका नेपालीहरुका लागी सर्लाही समाज युएईद्वारा राहत ।

विदेश

होम क्वारेन्टाइनमा रहेका नेपालीहरुका लागी सर्लाही समाज युएईद्वारा राहत ।
एप्रिल २५ फलेन्द्र बलम्पाकी मगर युएई :-अहिले विश्व सारा कोरोना भाइरस ( COVID-19) को उच्च महामारीले आतंकित छ । दिनानुदिन लाखौंले अकालमा ज्यान गुमाइरहेका छन भने करोडौं मानिसले रोजगार गुमाएका छन र करोडौं मानव जीवन रोगबाट संक्रमित छन । यस संक्रमित भाइरस बाट बच्न जनमानस लाई सुरक्षीत राख्न लकडाउन ( Luck Down ) गरे सँगै लाखौं नेपालीहरुले रोजगार गुमाए सँगसँगै रोजगारीका सिलसिलामा स्वदेश तथा बिदेशमा रहेका लाखौं नेपाली लगायत अन्य देशका नागरिकहरु प्रभावित बन्दै गैरहेका छन । हाल दुबईमा कार्यरत कैयौं नेपालीहरुको कम्पनीहरु बन्द हुने अवस्थामा पुगेका छन भने कैयौं नेपालीहरुले रोजगार समेत गुमाइसकेका अवस्था छन । विषेश गरि रोजगारीका सिलसिलामा भिजिट भिसामा आएकाहरु बढी प्रभावित रहेकोे तथ्यांकले देखाएको कुरा तथ्यांक संकलन गर्दै राहत वितरणमा समेत अहोरात्र खटिरहेका NRNA NCC युएईका उपाध्यक्ष , नेपाल आदिवासी जनजाति महासंघ युएईका संरक्षक पासाङ रिन्जी शेर्पाले बताउनु भएको छ। यस संकट पुर्ण घडीमा हामी आम नागरिकहरुले कुनै जात विषेश , धर्म , पार्टी , लिङ्गीय , वर्गीय क्षेत्रीय असमानता लाई त्यागेर विशुद्ध मानवीय भावनाले एकाअर्कालाई साथ र सहयोगीको भुमिका निर्वाह गर्नुपर्ने स्थिति देखिएकोले सामाजिक कार्यमा संलग्न हुँदै आएका सर्लाही सेवा समाज युएईले पनि एलिसा लामा को संयोजकत्वमा ६०० किलो दैनिक उपभोग्य सर सामाग्री हरु गोलभेडा ७३ केजी , आलु ७३ केजि , ७३ केजि , ७३ केजि नुन , ७३ केजि दाल , चामल १४६ केजि २२५ लिटर खाने तेल QRF सदस्य तथा मगर संघ शाखा युएईका प्रमुख सल्लाहकार टंक थापा मगर QRF सदस्य तथा मगर संघ शाखा युएईका भुपु: संरक्षक सुनिता थापा मगर र NRNA , NCC का युवा संयोजक मदन अधिकारी लाई संयोजक एलिसा लामा र सर्लाही सेवा समाज युएईका महासचिव ईन्द्र सिन्चुरिले संयुक्तरूपमा हस्तान्तरण गरेको थिए । विश्वभरि अहिले दैनिक रूपमा मानव जीवन अवशेषमा परिणत हुँदै गइरहेको यो पुर्व सन्ध्यामा मानव जाति आफैंले सिर्जना गरेका जात , धर्म , वैचारिक संघर्ष , सामाजिक दायित्व , वर्गीय र क्षेत्रीय विभेदहरु लाई त्यागेर एक हुन आवश्यक छ । मानव रहे पो ती चिज हरु यथावत रहिरहन्छ । जब मानव जीवन नै विनाश भएर गएपछि के को जात विशेष , के को धर्म , के को वैचारिक संघर्ष , के को वर्गीय र क्षेत्रीय असमानता ??? युरोप , अमेरिका र मध्य पुर्व का सर्व शक्तिमान राष्ट्र हरु लाई समेत तरंगीत बनाइरहेको यो विषम परिस्थितिमा । विश्व मानव जातिलाई लाई नै चुनौती दिइरहेको यस कोरोना भाइरस को विरुद्ध एक भएर महामारी को सामना गर्नुको विकल्प छैन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...