हङकङमा कोन्मै/ घोथाने गुरुङ समाजको वार्षिक कार्यक्रम सम्पन्न।
विदेश
(फोटो :-एच के दर्पण )
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि र अध्यक्षले पितृलाई पानसमा बत्ति बालेर संयुक्त रुपमा उद्घाटन गरेका थिए । सोही कार्यक्रममा नेपाल तथा हङकङको सामाजिक विकासमा विशेष योगदान पुर्याउनु हुने क्वाेने दाजुभाई तथा दिदीबहिनी हरुलाई सम्मान पनि गरिएको थियो ।
सामाजिक क्षेत्र विकासमा मुख्य भुमिका खेलेर सम्मानित हुनेमा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा क्वाेने ‘मिलन’, खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याएर सम्मानित हुनेमा ग्रान्ड मास्टर तुल्सि क्वाेने , हङकङ मा लामो समय टि बि एम को रुपमा कार्यरत रघु क्वाेने ‘कमल’ सम्मानित भएका थिए ।यस्तै, सेकेन्डरी लेभलमा राम्रो अंक ल्याएर उतिर्ण भएको भन्दै एन्जिला क्वाेने लाई सम्मानित गरिएको थियो। उक्त कार्यक्रममा संथाका बारेमा अध्यक्ष श्याम प्रसाद क्वाेने ले बाेल्नुभएकाे थियाे भने बिशेष अथिततिहरुले शुभकामना मन्तब्य दिनुभएको थियाे ।अन्तमा विविध साँस्कृतिक कार्यक्रम तथा आकर्षक पुरस्कार सहितको लक्कि ड्र कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष भक्तबहादुर क्वाेने ले स्वागत मन्तव्य दिएर अतिथिलाई स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन हरि क्वाेने ले गरेका थिए।कार्यक्रम ब्लु ओसन रेष्टुरेन्ट एन्ड बार जोर्डनमा भएको थियो । 
