भक्तपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस अगाडी अन्तिम घोषणाको लागी केहि समय लाग्ने ।

राजनीति

भक्तपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस अगाडी अन्तिम घोषणाको लागी केहि समय लाग्ने ।
डिसेम्बर १ काठमाडौं:-भक्तपुरको क्षेत्र नं १ (क)मा प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनको मतगणना कार्य चलिरहेको छ । प्रारम्भिक मतपरिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवारले फराकिलो अग्रता लिएका छन् ।चाँगुनारायण नगरपालिकाका नौवटै वडा र भक्तपुर नगरपालिका–१० गरी कूल १० वडामा भएको उपनिर्वाचनपछि भएको मतगणनामा आज बिहान ८ः०० बजेसम्मको मतगणनामा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले फराकिलो अग्रता लिएका छन् । चाँगुनारायण नगरपालिका–१ देखि ७ सम्मको मतगणनामा काँग्रेसका उम्मेदवार भँडेलले १० हजार ३१२ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकालले ७ हजार ९५९ मत प्राप्त गरेका छन् । गएराति ११ः०० बजे शुरु भएको मतगणनाको अन्तिम परिणाम आज बिहान १०ः०० बजे सम्म आउने अनुमान गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...