गोरखामा ट्याक्टर दुर्घटना २ को मृत्यु ।

अन्य

  नोवेम्बर ४ गोर्खा :- गोरखाको सिरानचोक गाउँपालिका–८ जौवारीस्थित फिनामटारमा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा अजिरकोट गाउँपालिका–४ सिरानडाँडाका ४५ वर्षीय सुकबहादुर तामाङ र सिरानचोक गाउँपालिका–५ डिस्काका १३ वर्षीय अमोल बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बिकको घटनास्थलमै ज्यान गएको थियो भने तामाङको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा ज्यान गएको डिएसपी भेषराज रिजालले बताए ।

accd

त्यस्तै घाइते अजिरकोट गाउँपालिका–३ भच्चेकका ३५ वर्षीय गोरे गुरुङलाई जिल्ला अस्पताल गोरखामा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनको भरतपुर अस्पताल रिफर गरिएको डिएसपी रिजालले जानकारी दिए । गुरुङको पनि अवस्था चिन्ताजनक रहेको रिजालले बताए ।भच्चेकबाट भालुस्वाँरा तर्फ आउँदै गरेको ग १ त ४५४३ नम्वरको ट्याक्टर शुक्रबार अनियन्त्रित भइ सडकबाट दुई सय मिटर तल खसेको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...