भेनेजुएलामा शक्तिशाली भुकम्प |

विदेश

भेनेजुएलामा शक्तिशाली भुकम्प |
भदौं ६ भेनेजुएला,:-भेनेजुएलाको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकन भौगोलिक सर्वेक्षेण अनुसार ७.३ रेक्टर स्केलको भूकम्प गएको छ । कोलम्बियन भौगोलिक सर्वेक्षणले भने त्यो भूकम्प ७ रेक्टर स्केलको भएको जनाएको छ । भेनेजुयलाको राजधानी कराकसभन्दा निकै टाढा गुइरिया भन्ने शहर नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । भूकम्पको इपी सेन्टर यागउरापारोको उत्तर–दक्षिण क्षेत्रभन्दा १२ माइल टाढा भएको जनाइएको छ । भूकम्पले धेरै संरचना र क्षेत्रमा क्षति पुर्याएको आंकलन गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...