आइ जी पीको निर्देशन बिरुद्द डिएसपिले लेक साइड ११ बजे बन्द गर्न निर्देशन दिए |

अन्य

आइ जी पीको निर्देशन बिरुद्द डिएसपिले लेक साइड  ११ बजे बन्द गर्न निर्देशन दिए |
जुन १० पोखरा :-परदेश नम्बर ४ को पर्यटकीय केन्द्र लेकसाइडमा राति ११ बजेपछि व्यवसाय बन्द गर्न वडा प्रहरी कार्यालय बैदामले व्यवसायीलाई पत्राचार गरेको छ ।वप्रका बैदाम प्रमुख डिएसपी नवीन कार्कीले रेस्टुरेन्ट व्यवसायीको संस्था रेबानलाई पत्र लेखी राति ११ बजेअघि नै सांगीतिक कार्यक्रम र साढे ११ बजेपछि मदिरा बिक्री रोक्न भनेका छन् । १ महिनाअघि मात्रै जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले लेकसाइडमा २४ सै घन्टा व्यापार व्यवसाय खुला हुनुपर्ने बताएका थिए । तर बैदाम प्रहरीले भने रातभर लेकसाइड नखोल्न भनेको छ । ‘विदेशी पाहुना बोलाउने अनि सुत्न जाऊ भन्नु भएन,’ आइजिपी खनालले भनेका थिए ।रेस्टुरेन्टहरुका सांगीतिक कार्यक्रमहरुले हल्ला भएको र अरुलाई डिस्टर्भ गरेको डिएसपी कार्कीले गरेको पत्राचारमा उल्लेख छ । लेकसाइडमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका एक व्यवसायीले राज्यले सुरक्षा दिनुपर्नेमा उल्टै बन्द गर्न भनेको भन्दै दुख व्यक्त गरे । उनले भने, ‘व्यवसायमा अनुशासन कायम गर्ने काम मेरो हो । प्रहरी आएर हस्तक्षेप गर्न पाउँदैन ।’प्रहरीले व्यक्तिगत प्रयोजनकालागि पत्राचार गरेको उनले आरोप लगाए ।ती व्यवसायीले व्यवसाय स्वतस्फूर्त चल्नुपर्ने माग राखे । ‘व्यवसाय स्वतस्फूर्त रुपमा चले पो राम्रो आम्दानी गर्न सक्छौं,’ उनले भने, ‘हाम्रो आम्दानी बढ्यो भने राज्यको राजस्व पनि बढ्छ ।’ व्यवसायलाई सहयोग गरेमा मात्रै नयाँ व्यवसायीलाई प्रोत्साहन मिल्ने उनले औंल्याए । लेकसाइडमै रेस्टुरेन्ट व्यवसाय गर्दै आएका राजेश गुरुङले देशमा रोजगार छैन भनेर कुरा उठिरहेका बेला प्रहरीले भएका व्यवसायीलाई निरुत्साहित पार्न खोजेको बताए । उनले भने, ‘हामी करपनि तिर्ने, आयकर पनि तिर्ने, हामीलाई नै व्यवसाय बन्द गर भन्ने ?’ उनले गीतसंगीत बजाउन नपाइने नियम पनि परिवर्तन गर्दै लैजानुपर्ने बताए । पर्यटकलाई ढिलो समयसम्म बस्ने बानी परिसकेकाले त्यही अनुरुप सरकारले सोच्नुपर्ने गुरुङले सुनाए ।‘व्यवसायले सरकार चलाउनु भन्दा सरकारले व्यवसायीलाई चलाइरहेको छ,’ उनले भने । मध्यरातमा पर्यटकले रमाइलो गर्न खोज्ने भएकाले गीत बजाउन पाउनु पर्ने उनले माग राखे । वडा प्रहरी कार्यालय, बैदामका प्रमुख डिएसपी नवीन कार्कीले पर्यटन व्यवसायीसँग भएको सहमति कार्यान्वयन गर्न मात्रै पत्राचार गरेको बताए । ‘११ बजेसम्म गीत बन्द गरिसक्नुपर्ने, साढे ११ बजेसम्म बिलिङ गर्ने अनि १२ बजेसम्म होटल बन्द गर्न सहमति भएको थियो,’ उनले भने, ‘व्यवसायीले त्यो सहमति कार्यान्वयन नभएका कारण पत्राचार गरेका मात्रै हौं ।’ डिएसपी कार्कीले रातको समयमा चर्को स्वरमा गीत बजाउँदा लेकसाडमा बस्ने अन्य व्यक्तिलाई पनि समस्या भएका कारण पत्राचार गर्नुपरेको बताए । उनले खुला स्थानमा त्यसरी रातको समयमा गीत नबजाउन समेत आग्रह गरे । उनले भने, ‘यदी कसैले सहमति बिना फेरि पनि रातको समयमा चर्को गीत बजाउँछ भने कारबाही गर्न बाध्य हुने छौं ।’ बैदाम प्रहरीले सटर लगाएर शान्तसँग खाना खाइरहेका पाहुनाहरुलाई पनि जबरजस्ती निकाल्ने गरेको गुनासो व्यवसायीहरुले गर्दै आएका छन् । भारतबाट गाडीमा आएका पाहुना राति अबेर खाना खान नपाएका थुप्रै घटना लेकसाइडमा देखिन्छ । ‘हल्ला नगरी खाना खाएर बस्न पनि प्रहरीले दिँदैन,’ एक व्यवसायी भन्छन्, ‘मापसे गरेका कारधनीसँग पैसा लिएर छोडिदिन्छ, सिधासादा व्यापार गर्नेलाई कस्छ ।’ साभार :-समाधान

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...