बैशाख पूर्णिमा (बाय पूजा) को अवसरमा तमु समाज इजरायलले क्याम्पिङ टुरको आयोजना ।

अन्य

चैत २४ तेल अभिव दिपेन गुरुङ ,“प्ये म्हस्याँ छ्या म्हमु , छ्या म्हस्याँ, ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु ,तमूहरुको मौलिक पर्व बैशाख पूर्णिमा (बाय पूजा) को अवसरमा तमु समाज इजरायलले क्याम्पिङ टुरको आयोजना गरेको छ। यस अवसरमा मे १३ तारिख २०२२ शुक्रबार नेपाली स्वादिष्ट खानाको परिकार सहित इजरायलको रमर्णिय पर्यटक स्थल केफर ब्लुममा क्याम्पिङ टुरको आयोजना गर्नुको साथै शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको हो । तमू जातिको परम्परागत मौलिक पर्व जर्गेर्ना तथा प्रचार प्रसार गर्ने उदेश्यले प्रवासमा समेत कार्यक्रमको आयोजना गरिएको आयोजक तमू समाजले जनाएको छ ।समाजले एक सुचना जारी गर्दै शुभकामना आदन प्रदान सँगै परिचय, भेट्घाट कार्यक्रम रहेको हुँदा इजरायलमा कार्यरत सम्पूर्ण इजरायलवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिनुहुन अनुरोध गरेको छ ।

बैशाख पूर्णिमा (बाय पूजा) केफर ब्लुम क्याम्पिङ टुर कार्यक्रम

प्रस्थान - बेलुकी ४ बजे तेल अभिव पार्कबाट

आईपुग्ने - बेलुकी ५ बजे भित्र तेल अभिब पार्क

सम्पर्क नम्बरहरु :- १, डम्बर तमू - ०५८४८७१८६३ २, डिक कुमार तमू - ०५८४२४१८६३ ३, खुशि क्ल्हे तमूस्यो - ०५४६६०५३४१ ४ ,आसमाया तमूस्यो - 058-४९१९०४६ ५,निर्मला तमूस्यो - ०५८७३२०९४१ ६,ओम तमू -०५४९९३९५९९ ७,शान्ति तमूस्यो -०५४३८००८९४


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...