भारतीय चर्चित अभिनेता ऋषी कपुरको ६७ बर्षको उमेरमा निधन ।

अन्य

भारतीय चर्चित अभिनेता ऋषी कपुरको ६७ बर्षको उमेरमा निधन ।
एप्रिल ३० मुम्बई :-भारतीय चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ ।यस बारेमा ट्वीट गर्दै महानायक अमिताभ बच्चनले आफ्नो सययात्री गुमाएकोमा दुखित भएको जानकारी दिएको थियो ।त्यस पछि क्यान्सर रोगबाट पीडित कपुरको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ऋपि कपूरका दाइ रणधीर कपूरले उनको निधनको पुष्टि गरेका हुन् । कपूर गएको सेप्टेम्बरमा अमेरिकामा क्यान्सरको उपचार गराएर फर्किएका थिए । उनी क्यान्सरको उपचारका लागि अमेरिकामा एक वर्ष बसेका थिए । गएको फेब्रुअरीमा उनको स्वास्थ्यमा पुनः समस्या देखिएको थियो । क्यान्सरसँग जुधिरहेका उनलाई स्वासप्रस्वासमा पनि समस्या भएकाले मंगलबार अस्पताल भर्ना गरिएको दाइ रणधीरले बताएका थिए । मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा उपचाररत अभिनेता कपुरको आज (बिहीबार) ६७ वर्षको उमेरमा निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । भारतमा हिजो मात्रै अभिनेता इरफान खानको निधन भएको थियो ।यसले बलिउडमा ठूलो क्षति पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...