बौद्द धर्मावलम्बीहरुको राष्ट्रीय पर्व “२१४९ औं छयु फो ताग ल्हो(जल पुरुष बाघ वर्ग) ग्याल्पो लोसार साँझ ”भब्य रुपले भोलि अर्थात मार्च ११ मा भब्य रुपले मनाउदै ।

अन्य

मार्च १० तेल अभिव फिष्टेल न्यूज, इजरायलमा (शेर्पा समुदाय) बौद्द धर्मावलम्बीहरुको महान राष्ट्रिय पर्व ग्याल्पो लोसार साँझ भब्य रुपले भोलि अर्थक मार्च ११ तारिख तेल अभिवमा भब्य रुपले मनाउने भएको छ । ''बिस्व भरि छरिएर रहेका शेर्पाहरुको एकता, कला,भाषा तथा संस्कृतिको संरक्षण र संवर्द्दन आजको आवश्यकता" भन्ने मूल नाराको साथ शेर्पा संघ इजरायलको आयोजनामा हुन गईरहेको बौद्द धर्मावलम्बीहरुको महान राष्ट्रीय पर्व "२१४९ औं छयु फो ताग ल्हो(जल पुरुष बाघ वर्ग) ग्याल्पो लोसार साँझ " शुभ-कामना आदान-प्रदान तथा साँस्कृतिक कार्यक्रम इजरायलको आर्थिक राजधानी तेल अभिव स्थित यादखारुचिम 15 EVE PARTY PALACE हलमा मनाउने भएको छ।कार्यक्रममा स्वादिष्ट नेपाली खानाका परिकारहरुको साथ रात्री भोजन सँगै शेर्पा पहिचान बोकेका तथा अन्य विभिन्न साँस्कृतिक मनोरञ्जनात्मक बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।यस राष्ट्रिय पर्व ग्याल्पो लोसार कार्यक्रममा गरिमामय उपस्थितिको लागि इजरायलबासि सम्पूर्ण दाज्युभाई, दिदीबहिनिहरुमा आयोजक शेर्पा संघ इजरायलद्वारा सबैमा हार्दिक अनुरोध गरिएको छ ।

"२१४९ औं ग्याल्पो ल्होसार"छ्यु फो ताक ल्हो कार्यक्रम
मिती:-मार्च ११
स्थान :-यादखारुचिम १५ तेल अभिव EVE PARTY PALACE
समय :-साँझ ७ बजे


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...