तमु समाज युएईको आबुधाबी क्षेत्रीय अधिवेशन भब्यताका साथ सम्पन्न ।
अन्य
अध्यक्ष --नन्द कुमार तमु
उपाध्यक्ष -- रेशम तमु
सचिव-- उज्ज्वल तमु
सह-सचीव -- बुद्ध तमु
कोषाध्यक्ष --मिना तमुस्यो
सह-कोषाध्यक्ष --प्रभात तमु
सदस्यहरुमा : यम तमु,पुर्ण तमु,सृजना तमुस्यो,सरिता तमुस्यो,आश तमु,जोबिटो तमु,छवि तमु,भुमिका तमुस्यो,रच्चु तमुस्यो,सुदन तमु,हिमाल तमु,यशोदा तमुस्यो,दिपेन्द्र तमु,प्रीया तमुस्यो,प्रवीण तमु र विवेक तमु रहनु भएको छ।
निर्वाचित हुनु भएका अध्यक्ष ज्यु लगायत सम्पुर्ण पदाधिकारीहरु लाई समाज अध्यक्ष श्रीमती उषा तमुस्यो,उपाध्यक्ष श्री नन्द जंग तमु,सह-सचीव प्रीति तमुस्यो,सांस्कृतिक बिभाग प्रमुख श्री अमृत तमु,खेलकुद बिभाग प्रमुख श्री सन्तोष तमु र केन्द्रिय सदस्य श्रीमती पुर्णिमा तमुस्योले क्रेगी तथा खादा लगाइ दिनु भएको थियो भने निर्वाचित हुनु भएका सम्पुर्ण पदाधिकारी ज्युहरु लाई निर्वाचन समितिका संयोजक तथा तमु समाजका संरक्षक श्री राजु तमु ज्यु ले सपथ खुवाउनु भएको थियो। अन्तमा प्रमुख अतिथि तमु समाजका अध्यक्ष श्रीमती तमुस्योले निर्वाचित पदाधिकारीहरु लाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो। साथै तमु समाज युएईले तमु समाज युएईका आबुधाबी क्षेत्रीय समितीका सदस्य सृजना तमुस्योको भाइ मृगौला पीडित लाई आर्थिक सहयोग स्वरुप १०९२/- (एक हजार बयन्नब्बे दिराम) हस्तान्तरण गरेको थियो भने तमु समाज युएईको अलऐन क्षेत्रीय अधिवेशन छिट्टै गर्ने निर्णय पनि गरेको समाजका प्रबक्ता मान सिङ तमु (मानु कोन्मे) ले फिस्टेल न्युज लाई जानकारी गराउनु भएको थियो।

