तमु समाज युएईको तमु ल्होसार बैठक शारजाह युएईमा सम्पन्न ।
विदेश
उक्त बैठकमा तमु समाज युएईले आगामी २०२० जनवरी १० तारिख शुक्रबार अबुधाबी युएईमा आयोजना गर्न गइ रहेको तमु ल्होसार कार्यक्रम भव्यरुपमा मनाउनको लागि नेपाल बाट अतिथि कलाकारको रुपमा तमु (गुरुङ ) कलाकार र गैर तमु कलाकार १/१ जना कलाकार ल्याउने निर्णय गरेको छ भने कार्यक्रम लाई सफलतापुर्बक सम्पन्न गर्नको लागि विभिन्न समितिहरु गठन समेत छ। गठित समितिहरुमा तमु ल्होसार कार्यक्रम संयोजकमा नन्द जंग तमु,कार्यक्रम उप संयोजकमा नन्द कुमार तमु,व्यवस्थापन बिभाग प्रमुखमा राजु तमु ,व्यवस्थापन बिभाग उप-प्रमुखमा प्रवीण तमु ,प्रचार प्रसार बिभाग प्रमुखमा मान सिङ तमु (मानु कोन्मे), सांस्कृतिक बिभाग प्रमुखमा अमृत तमु,सांस्कृतिक बिभाग उप-प्रमुखमा किरण तमु,प्रायोजक बिभाग प्रमुखमा पबित्र तमुस्यो ,अतिथि सत्कार बिभाग प्रमुखमा इन्द्र तमु,अतिथि सत्कार बिभाग उप-प्रमुखमा भगवती तमुस्यो,मेन गेट स्वयंसेवक बिभाग प्रमुखमा मुनिन्द्र तमु,आर्थिक बिभाग प्रमुखमा बल बहादुर तमु ,स्वयंसेवक बिभाग प्रमुखमा यम तमु ( सिक्लेस) र स्वयंसेवक बिभाग उप-प्रमुखमा बिजय तमु रहेको छ।
बैठकले तमु ल्होसार कार्यक्रमको कलाकार छनौटको जिम्मेवारी सांस्कृतिक बिभाग प्रमुख अमृत तमु लाई दिएको छ भने कार्यक्रम लाई अझ मनोरञ्जनमय बनाउनको लागि चिठ्ठा उपहार समेत राख्ने निर्णय गरेको छ।बैठकले अबुधाबी life line hospital मा गएर प्रत्येक शुक्रबार नि:शुल्क स्वास्थ्य परिक्षण (free checkup ) गर्न सकिने हुंदा अबुधाबी क्षेत्रका पदाधिकारीहरु लाई नि:शुल्क स्वास्थ्य परिक्षण गर्न र भोल्यन्टीयर पनि गरि दिन तमु समाज युएई केन्द्रिय समितिले अनुरोध गरेको छ।
उक्त नियमित बैठक तथा तमु ल्होसार सम्बन्धि बैठकको समापन तमु समाज युएईका अध्यक्ष एवं बैठकका अध्यक्ष उषा तमुस्योले गर्नु भएको थियो। 