इजरायलमा ह्योल्मो समाज इजरायलको आयोजनामा सोनाम लोसार भब्य रुपले मनाए ।

जनजाती बिशेस

इजरायलमा ह्योल्मो समाज इजरायलको आयोजनामा  सोनाम लोसार भब्य रुपले मनाए ।
जनवरी २७ फिष्टेल न्यूज:-इजरायलमा सोनाम लोसार भब्य रुपमा सम्पन्न भएको छ ।नेपाल ह्योल्मो समाज सेवा संघ केन्द्रको प्रवास शाखा ह्योल्मो समाज इजरायलद्वारा नेपाली राष्ट्रिय ह्योल्मो समुदायहरुको महान पर्व २१४७ औ ज्यिवा ल्हो अर्थात ( मुसा बर्ग ) सोनाम लोसार (मुसा वर्ग )भब्य रुपले आफ्नो पहिचान झल्किने कार्यक्रमहरु सहित शुभकामना अदानप्रदान गर्दै सम्पन्न भएको छ। ह्योल्मो समाज इजरायलका अध्यक्ष सार्किनी ज्यबा ह्योल्मोको  सभापतित्वमा जनवरी २४ शुक्रबार याद यारुचिम १५ ( EVE ) पार्टी हल तेलअभिबमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुताबासका नियोग उप -प्रमुख अर्जुन घिमिरे ,बिशिष्ठ अतिथीमा नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर ,बिशेष अतिथी एन आर एन आई सी सी इजरायलका प्रतिनिधी तथा अतिथीहरुमा विभिन्न जातीय ,धार्मिक ,राजनैतिक सामाजिक संघ /सस्थाका अध्यक्षहरुको उपस्तिथी रहेको थियो । सभापती ,प्रमुख अतिथी ,बिशिष्ट अतिथी ,बिशेष अतिथीको सामुहिक दिप प्रज्वलन तथा धार्मिक  विभाग प्रमुख  एव सल्लाहकार लोप्सङ एवा ह्योल्मोले ह्योल्मो समाजका सम्पूर्ण सदस्यहरुले सामुहिक रुपमा श्याल्कार छेप्पा गरी कार्यक्रमको उद्धघाटन गरिएको थियो ।कार्यक्रममा उपस्थिति अतिथीहरुलाई सांस्कृतिक विभाग प्रमुख एव सल्लाहकार छिरिङ म्हेन्दो श्याङ्बा ह्योल्मो ज्युको संयुक्त रुपमा ह्योल्मो मौलिक टिपिकल गीत ''चि छे तङ लोसार छेवा चिल्हा''ले स्वागत गरिएको थियो । स्वागत एव शुभकामना मन्तव्य सस्थाका बरिष्ट उप -अध्यक्षता एव कार्यक्रम संयोजक दावा सोनाम दोङ्बा ह्योल्मोले गरेको थियो ।ह्योल्मो मौलिक पहिचान सहित धार्मिक प्रमुख विभाग र संस्कृति प्रमुख विभागको टोली श्येवा श्येमा अर्थात् कलाकारद्वारा गो कर्पे ङाङ्ल्हा सु सु स्यो गो कर्पे ङाङ्ल्हा लामा डाझे स्यो भन्ने बोलको ह्योल्मो ल्हु नृत्य प्रस्तुत गरिएको थियो । प्रमुख अतिथी ,बिशिष्ट अतिथी, विशेष अतिथीले सोनाम लोसारको उपलक्क्ष्यमा शुभकामना दिएका थिए । कार्यक्रममा विभिन्न हिसावले समाजलाई सहयोग गरेका तथा कलाकारहरुलाई प्रमाण पत्र तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।कार्यक्रममा उपस्थित हुनु भएका तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा ह्योल्मो समाजलाई सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद सहित देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुलाई सोनाम लोसारको शुभकामना दिंदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।कार्यक्रम ह्योल्मो समाजका महासचिव समिर लामा श्याङ्बा र सह-कोषअध्यक्ष पासङ खेन्दो ओमु ह्योल्मोले संचालन गरेका थिए । दोस्रो चरणको सांगीतिक कार्यक्रम मौलिक ह्योल्मो ल्हु सेम तङ्ल्हा सो या भन्ने गीतको प्रस्तुतिबाट सुरुवाट भएको थियो,भने स्थानीय कलाकारहरुको प्रस्तुतिले रमणीय माहोल बनेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...