नेपाल आदिबासी जनजाती महासंघ इजरायलको आयोजनामा २५ औ बिस्व आदिबासी दिवस भब्य रुपले मनाउने तयारी ।

विदेश

नेपाल आदिबासी जनजाती महासंघ इजरायलको आयोजनामा २५ औ बिस्व आदिबासी दिवस भब्य रुपले मनाउने तयारी ।
जुन ३० तेलअविव – नेपाल आदिवासि जनजाति महासंघ इजरायलले २५औ विश्व आदिवासी दिवस भब्य रुपले मनाउने भएको छ । ”विश्वका आदिवासी जनजातिहरु एक हौ,आफ्नो भाषा,भेषभुषा,लिपि,कला,तथा,धर्म,संस्कृतिको संरक्षण् र सम्बर्धन गरौ''भन्ने मूल नाराका साथ,आगामी अगस्ट १६ शुक्रबारको दिन तेल अभीव स्थित लेबंदा ३२ को तेस्रो तलाको हलमा मनाउने भएको छ ।अगस्ट ९ का दिन बिस्व आदिबासी दिवस मनाउने पर्ने भए पनि इजरायलको कामलाई मध्य नजर गर्दै आगामी १६ अगस्ट २०१९ शुक्रबार का दिन तेल अभीवमा मनाउने भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल आदिवासि जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष एबं विदेश शाखा प्रमुख गोबिन्द छन्त्याल आउनु हुने भएको छ । कार्यक्रममा आफ्नो राष्ट्रिय भेष-भुषामा झाकी सहित उपस्थित हुने कार्यक्रममा विभिन्न मौलीकता झल्काउने मनोरन्जनात्मक संस्कृतिक कार्यक्रम सहित भब्यताको साथ् मनाउन नेफिन इजरायलका बरिस्ठ उपाध्यक्ष पेम्बा डोल्मा ह्योल्मोको संयोजकत्वमा तयारी भईरहेको नेफिन इजरायलले जानकारी दिएको छ ।उक्त कार्यक्रममा उपस्थित भै भव्यताका साथ सफल बनाई दिनु हुन सम्पूर्ण इजरायलमा कार्यरत नेपालीहरु संघ संस्था,संगठन, मिडियाकर्मी लगायत सम्पूर्ण नेपाली आदीबासी समुदायहरुमा नेपाल आदिवासि जनजाति महासंघ (नेफिन) इजरायलद्वारा हार्दिक निमन्त्रणा गरेको छ ।

'' २५औ विश्व आदिवासी दिवस '' मिती :-१६ अगस्ट २०१९ समय :-७:३० साँझ स्थान :-लेबंदा ३२ को तेस्रो तला तेल अभिव आयोजक :-नेपाल आदिवासि जनजाति महासंघ इजरायल


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...