तमु समाज इजरायल आठौ अधीबेसनको तयारीमा ,तमु ह्युला छोंज धीं राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम तमुको उपस्थीती रहने ।

मूलबासि /भूमिपुत्र

तमु समाज इजरायल आठौ अधीबेसनको तयारीमा ,तमु ह्युला छोंज धीं राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम तमुको उपस्थीती रहने ।
जुन २५ तेल अभीव :-"प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु"तमु (गुरुङ )हरुको मौलिक भाषा, भेष-भूषा, कला, सस्कार, सस्कृति र पहिचानलाई जगेर्ना गर्दै प्रचार प्रसार गर्ने भईपरी आउने कठिन परिस्थितिमा एक अर्कामा सहयोग र सदभाब कायम राख्ने उदेश्यले प्रबासी भुमि इजरायलमा संन २००६ सालमा स्थापित तमु समाज इजरायलले आठौ अधिबेशनको तयारीमा रहेको छ । आगामी १२ जुलाई २०१९ शुक्रबार साझ, तेलाभिबमा हुने सो कार्यक्रममा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम तमु प्रमुख अतिथीको रुपमा उपस्थीत हुने भएको सस्थाको महासचिव हरिमाया गुरुङले फिष्टेल न्युजलाई बताउनु भयो । साथै सो कार्यक्रममा समुदयको पहिचान झल्काउने सास्कृतिक कार्यक्रम सहित भाग्यशाली चिठ्ठा उपहारको पनि राखिएको जानकारी वहाले दिनु भएको छ । भाग्यशाली चिठ्ठाको बिजेताहरुलाई प्रथम पुरुस्कार १० ग्राम सुन, दित्तीय पुरुस्कार स्मार्ट फोन,तिर्तीय पुरुस्कार सुनको औठी, चौथो पुरुस्कार २०० सेकेल राखिएको छ । उक्त कार्यक्रममा सम्पूर्ण इजरायलमा कार्यरत इजरयलबासी तमु (गुरुङ ) लगायत नेपाली दाजु-भाई तथा दिदी बहिनीहरुमा तमु समाज इजरायलले हार्दीक अनुरोध गरेको छ । गुरुङहरुको कार्यक्रममा केन्द्रिय नेतृत्व उपस्थित रहने यो कार्यक्रम भने पहिलो हो । आठौ अधिबेशन मिती : - १२ जुलाई २०१९ शुक्रबार समय :- साझ ७:३० बजे स्थान: - एभरेस्ट डिस्को हल तेल अभिव     i

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...